७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्र मै क्रियाशील हुने नेता झा र शर्माको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा माओवादी केन्द्रमा नै क्रियाशील हुने निर्णय गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्रमा आवद्ध हुन सहमत भएका हुन् ।

अध्यक्ष दाहाललगायतका नेताहरुसँग बिहीबार र शुक्रबार भएको निरन्तरको छलफलपछि नेता झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

छलफलमा तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

नेता झाले आफू माओवादी केन्द्रमा क्रियाशील हुने बताउँदै नेकपा एमाले प्रवेश गर्ने भनेर चलाइएको हल्ला शतप्रतिशत गलत रहेको भने ।

माओवादी केन्द्रले नेताद्वय झा र शर्मालाई पार्टीको उचित जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश नं. २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन सम्पूर्ण शक्तिका साथ लाग्ने उनीहरुबीच सहमति भएको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस