१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी पहिरोका कारण २९ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । शुक्रबारदेखि देशका विभिन्न भागमा परेको अबिरल वर्षका कारण आएको बाढी पहिरोबाट २९ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार सुनसरीमा सात, झापा र सिन्धुलीमा चार/चार जना, मोरङ, बाँके र पाँचथरमा तीन/तीन, बारा, सर्लाही, दाङ, पाल्पा, बर्दियामा एक÷एक जना गरी २९ जनाको बाढी पहिरोका कारण मृत्यु भएको छ ।

यसैबीच, गृहमन्त्री जनार्दन शर्माले देशैभरि बाढी पहिरोका कारणले मृत्यु हुनेप्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तीव्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

आज गृह मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बाढी प्रभावित क्षेत्रमा लैजानका लागि विमानस्थलमा खाद्य तथा उद्धार सामग्री तयारी अवस्थामा राखिएको जानकारी दिए । आफू बाढी प्रभावित जिल्लामा जान चाहेपनि मौसमका कारण जान नपाएको उनले बताए । उनले मौसमले साथ दिनेबित्तिकै त्यसतर्फ प्रस्थान गर्ने जानकारी गराए ।

गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका टोलीलाई तत्काल उद्धार कार्यमा परिचालित गर्न आफूले यसअघि नै निर्देशन दिइसकेको तथा नेपाली सेनासमेत सक्रिय रुपमा उद्धारमा जुटिरहेको जानकारी दिए । उनका अनुसार राहत र उद्दारका लागि हेलिकप्टरको समेत प्रयोग भइरहेको छ ।

उनले डुबानमा परेका जनता, राजनीतिक दल, जिल्ला प्रशासनलगायत सम्बन्धित निकायसँग प्रत्यक्ष सम्पर्कमा रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस