१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारपाकमा सिजनल फ्लुः एकको मृत्यु, ३०० भन्दा बढी बिरामी

अ+ अ-

गोरखा । गोरखाको बारपाकमा विगत दश दिनदेखि फैलिएको रुघाखोकी र ज्वरो (सिजनल फ्लु)बाट एक बालिकाको मृत्यु भएको छ ।

साविक बारपाक–७ की ३८ महिने बालिका सुप्रिया गुरुङको आज मृत्यु भएको हो । विगत १५ दिनदेखि ज्वरो र निमोनियाबाट पीडित बालिकाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

बारपाक गाउँमा तीन सयजनाभन्दा बढी स्थानीय बासिन्दा बिरामी छन् । बिरामीमध्ये अधिकांश बालबालिकामा निमोनिया देखिएको उपचारमा खटिएका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी शाखाका प्रमुख नानीबाबु दानीका अनुसार बारपाक स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या दिनहुँ बढ्दो छ । आज मात्रै ८० जनाभन्दा बढीको उपचार गरिएको दानीले बताए ।

बिरामीको संख्या बढ्दै गएपछि प्राथमिक स्वास्थ्य केन्द्र जौवारीबाट दुईजना डाक्टर बारपाक पठाइएको छ । डा. विनोद दवाडी र डा. सुजाता नगरकोटी मंगलबार बारपाक पुगेर बिरामीको स्वास्थ्य परीक्षणमा खटिरहेका छन् ।

बालिकाको मृत्युको कारण खुलेको छैन । रुघाखोकी, ज्वरो र निमोनिया वा अन्य रोगका कारण बालिकाको मृत्यु भएको हो भन्ने खुलेको छैन । दानीले भने, “दश दिनदेखि बारपाकमा सिजनल फ्लुको समस्या देखा परेपछि स्वास्थ्यकर्मी परिचालन गरेका छौं । थप औषधि र स्वास्थ्यकर्मीको टोली बिहीबार परिचालन गछौँ ।” बारपाक ‘गोरखा भूकम्प’ को केन्द्र गाउँ हो । रासस

प्रतिक्रिया दिनुहोस