७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षागरौँ- महासचिव गुटेरेश

अ+ अ-

संयुक्त राष्टसंघ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् ।

उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दो हो भनेका छन् ।
अन्तर्राष्टिय मानवता दिवसको अवसरमा शनिबार दिएको सन्देशमा उनले सो आग्रह गरेका हुन् ।

युद्धसँग प्रत्यक्ष रुपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरुलाई सहायता बाँड्न जाने गरेका सहायताकर्मीहरुको ज्यान जाने गरेको छ ।

यस्ता क्रियाकलापहरुलाई तत्कालै रोक्न र नागरिकको संरक्षण गर्न उनले विश्व समुदायलाई आग्रह गरेका हुन् ।

युद्धको चपेटामा परेका दशौँ लाख नागरिक अहिले पनि गास, बास, पानी, औषधि, शिक्षा तथा अरु पनि कैयौँ आधारभूत आवश्यकताबाट बन्चित हुनु परिरहेको अवस्थामा उनीहरुलाई सहयाताका लागि गएका सहायताकर्मीमाथि नै हमला हुनु अमानवीय कार्य बाहेक अरु केही होइन— उनले भनेका छन् ।

द्धन्द्धका बेलामा नागरिकको संरक्षण र रक्षा गर्नु भनेको पनि अन्तर्राष्टिय मानवता सम्बन्धी कानुनको एक आधारभूत सिद्धान्त हो भन्ने कुरा सबैले बुझ्नुपर्नेमा उनको भनाई थियो ।

उनले द्धन्द्धमा लागेका र नागरिकका विरुद्धमा हिंसा मच्चाउने सबैजनालाई यो आधारभूत अन्तर्राष्ट्रिय कानुनको बारेमा ख्याल गर्न पनि आग्रह गरेका उक्त सन्देशमा जनाइएको छ ।

द्धन्द्धको चपेटमा परेर खान बस्न र सामान्य औषधि उपचार पनि नपाएका नागरिकलाई सहयोग गर्न उहाँले विश्वका दाता राष्ट«हरुलाई पनि आग्रह गरेका छन् । रासस/सिन्हवा

प्रतिक्रिया दिनुहोस