८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल यू–१५ साफको सेमिफाइनलमा

अ+ अ-

काठमाडौँ । यू–१५ साफ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा नेपाल माल्दिभ्सलाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्लेक्सको खेल मैदानमा भएको खेलमा नेपाल माल्दिभ्सलाई हराएर समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरेको हो । नेपालले खेलको १४औँ मिनेटमा ब्रिजेश चौधरीको गोलमार्फत अग्रता लियो । दर्शन गुरुङको पासलाई करिब १६ यार्डबाट हेड गर्दै उनले गोल गरे ।

खेलको २२औँ मिनेटमा नेपालका लागि दर्शन गुरुङले दोस्रो गोल गरे । उनले रन्जन पुनले दिएको पासको सदुपयोग गर्दै गोल गरेका थिए । नेपाली टोलीका कप्तान रोशन राना मगरले खेलको ३८औँ मिनेटमा पेनाल्टीमार्फत तेस्रो गोल गरे । माल्दिभ्सका रक्षक मोहम्मद फ्यान इमरानले बल हातले छोएपछि नेपालले पेनाल्टी पाएको थियो । आकाश बुढाले खेलको ४५औँ मिनेटमा चौथो गोल गरे ।

खेलको मध्यान्तरसम्म ४–० गोल अन्तरले अग्रता लिएको नेपालले लगत्तै दुई गोल थप्यो । खेलको ४७औँ मिनेटमा अकाश पुन तथा ७३औँ मिनेटमा ब्रिजेश चौधरीले गोल गरे । ब्रिजेशले करिब २० यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

यसअघि माल्दिभ्सलाई ९–० गोल अन्तरले पराजित गरेको भारत समूह ‘बी’बाट सेमिफाइनल प्रवेश गरिसकेको छ । नेपाल र भारतबीच बुधबार हुने खेलबाट समूह विजेताको टुंङ्गो लाग्नेछ । रासस

प्रतिक्रिया दिनुहोस