८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान सर्वस्वीकार्य बनाउने देउवाको प्रतिबद्धता

अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेका कुरा आज समिक्षित अधिकांश पत्रिकाले लेखेका छन् ।

अन्नपूर्ण पोष्टले ‘दिल्लीमा देउवाको प्रतिबद्धता : संविधान सर्वस्वीकार्य बनाउँछौं’ शीर्षकमा मुख्य समाचार प्रकाशन गरेको छ । समाचार अनुसार प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग असन्तुष्ट सबै वर्ग र समुदायलाई समेटेर संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘संविधान संशोधनका केही मुद्दा अझै थाती छन्, राष्ट्रिय जनता पार्टी तथा दक्षिणी भागका जनताको मागलाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन पुनः संशोधन प्रयास गर्नेछु, निकट भविष्यमा दुईतिहाइ बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं,’ समाचारमा देउवाको भनाइ राखिएको छ ।

समाचार अनुसार प्रधानमन्त्री मोदीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा देउवालाई बधाई दिँदै भारतीय प्रधानमन्त्री मोदीले संविधान संशोधनप्रति चासो व्यक्त गरेका थिए । मोदीले तराई–मधेसकेन्द्रित दलहरूको मागतर्फ संकेत गरी देउवालाई सुझाव दिँदै भने, ‘सबै नागरिकसँगको वार्तालाई जारी राखी उनीहरूको आकांक्षालाई सम्बोधन गरे संविधान कार्यान्वयन सफल हुन्छ ।’

सोही विषयको समाचारलाई नयाँ पत्रिकाले पनि प्रमुखताका साथ प्रकाशित गरेको छ । नयाँ पत्रिकाले ‘अब केन्द्रको निर्वाचनपछि संविधान संशोधन : देउवा’ शीर्षकमा समाचार लेखेको छ ।

समाचार अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई संघको निर्वाचनपछि मात्र संविधान संशोधन हुन सक्ने बताएका छन् । लोकतान्त्रिक गठबन्धन पक्षधरको दुई तिहाइ पुगे मात्रै संशोधन सम्भव हुने मोदीको भनाइ रहेको समाचारमा उल्लेख छ ।
कान्तिपुरले ‘मोदीद्वारा संविधान र निर्वाचनको स्वागत’ शीर्षकको समाचार प्रमुख बनाएको छ । समाचार अनुसार नेपालले स्थानीय निर्वाचन सम्पन्न गरेर संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढाएकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् ।

भारतले नेपालको नयाँ संविधानप्रति संशयपूर्ण धारणा राख्दै आएकामा प्रधानमन्त्रीस्तरबाट त्यसको स्वागत गरेको र यसलाई दिल्लीको नेपाल–नीतिमा आएको महत्वपूर्ण बदलावका रूपमा हेरिएको समाचारमा उल्लेख छ ।

नागरिकले भने संविधानमा भारत अझै असन्तुष्ठ रहेको कुरा प्रमुख समाचारका रूपमा प्रकाशित गरेको छ । नागरिकले ‘संविधानप्रति भारतीय असन्तुष्टि कायमै’ शीर्षकमा ७ कोलमको समाचार प्रकाशित गरेको छ ।

समाचार अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले करिब दुई वर्षअघि नेपालले जारी गरेको नयाँ संविधानप्रतिको असन्तुष्टिलाई निरन्तरता दिँदै नेपालसँग सम्बन्ध सुधारको लागि ‘नयाँ बाटो र अवसर’ माथि विशेष ध्यान दिएको बताएका छन् । उनले संविधानमा सबै वर्गका आकांक्षा समेटी सफल कार्यान्वयन गर्नुपर्ने आफ्नो पुरानौ अडान दोहोर्याए ।

‘नेपालको लोकतान्त्रिक व्यवस्था मजबुत बनाउनका लागि तपाईं (प्रधानमन्त्री शेरबहादुर देउवा)ले जुन तरिकाले व्यक्तिगत तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, त्यसको हामी प्रशंसा गर्छौं, मलाई पूरा विश्वास छ । तपाईंको कुशल र अनुभवी नेतृत्वमा समाजका सबै वर्गसँग कुराकानी गर्ने प्रक्रिया जारी रहने छ,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस