१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीवनशैली क्यान्सरको प्रमुख कारणः अभिनेत्री मनिषा कोइराला

अ+ अ-

काठमाडौं । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताएकी छिन् ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा कस्तो असर पारिरहेको छ भन्ने महसुस गरेको अनुभव सुनाइन् ।

“करियर एउटा उचाइमा पुगेको थियो, त्यही समयमा क्यान्सर भएको थाहा भयो, क्यान्सर भन्ने शब्द नै डरलाग्दो छ, यसले सिधैँ मृत्युलाई बुझाउने सोचका कारण थप पीडा भएको थियो तर परिवारको आत्मविश्वास र शुभकामनाले मलाई दोस्रो जीवन दियो”– उनले भनिन् ।

पछिल्लो समय गाउँबाट शहर केन्द्रित हुनेक्रम बढेकाले खानपान र जीवनशैलीमा आएको परिवर्तनले विकसित देशमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढेको अभिनेत्री कोइरालाले अर्गानिक खानपान, स्वस्थ जीवनशैली अपनाउन आग्रह गरिन् ।

समाज, नातागोता, घरपरिवार र बिरामी स्वयंले क्यान्सर लाग्नुलाई मृत्युको मुखमा पुगेको जस्तै ठान्ने बानीलाई आफ्नो शक्तिमा बदलेर काम गर्न उनले आग्रह गरिन् । “क्यान्सर मृत्युदण्ड होइन, अब हामी सबै मिलेर यसको जनचेतना फैलाउने काममा लागौँ”– उनले भनिन् ।

करिब ८० भन्दा हिन्दी सिनेमाका साथै तेलेगु, तमिल, बेङलुरु, नेपाली सिनेमामासमेत अभिनय गरेकी कोइरालाले क्यान्सरविरुद्ध जीत हासिल गरेपछि भने क्यान्सरबारे जनचेतनामूलक कार्यक्रममा आफूलाई सक्रिय राख्दै आएकी छिन् ।

पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले क्यान्सर चर्चा अझै बढी गर्न आवश्यक भएको बताए । उनले भने, “व्यक्तिले पनि आफ्ना आचरण स्वस्थ बनाउनैपर्छ तर सरकारले विशेषगरी औषधि सस्तो बनाउन पहल गर्नुपर्छ, महँगो औषधिका कारण धेरैले उपचार उचित तवरले पाएका छैनन् ।”

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ सन्ध्या चापागार्इं आचार्यले विश्वको पाँचौँ र नेपालमा चौथो नम्बरमा डिम्बाशयको क्यान्सर रहेको बताइन् ।

उनले भनिन्, “डिम्बाशयको क्यान्सर महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ, जुन प्रजनन् प्रणालीको एक महत्पूर्ण अंग भएको हो, डिम्बाशयको क्यान्सरका कारण आजसम्म पत्ता नलागे पनि विभिन्न कारक तत्वले डिम्बाशयको क्यान्सर हुने सम्भावनालाई बढाउने गर्छ ।” ४०÷५० वर्षका महिला पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सर भएका बिरामी, परिवारमा अरु कुनै क्यान्सर भएको छ भने बच्चा नजन्माएका महिलामा डिम्बाशयको क्यान्सर हुने उच्च सम्भावना रहेको डा. आचार्यले बताइन् ।

तल्लो पेट दुख्ने, कम्मर दुख्ने, पेट बिनाकारण बढ्ने, पेट फुलेको जस्तो, मासुको डल्लो जस्तो लाग्नु, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास समस्या, कहिलेकाही पातलो दिसा कहिले कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको क्यान्सर हुन सक्छन् । यसबाहेक अन्य कारणले पनि डिम्बाशयको क्यान्सर हुनसक्ने भएकाले चिकित्सकसँग जाँच गराउनु आवश्यक छ ।

विश्व स्वास्थ्य संगठन नेपालकी प्रतिनिधि डा. मीरा थापा उपाध्यायले नेपालमा अझै दक्ष जनशक्ति, जनचेतनामा कमी, उपचार प्रणालीमा पछाडि भएकाले पनि क्यान्सरको न्यूनीकरणमा पछि परेको बताउछिन् ।

उनले क्यान्सर गराउने कारकतत्वबारे सजक हुन सकेमा जोखिमको सम्भावना कम हुनसक्ने भएकाले जनचेतना फैलाउनुपर्नेमा जोड दिइन् । विश्वभर सेप्टेम्बर महिनाभर डिम्बाशयको क्यान्सरबारे जनचेतनामूलक र अन्य कार्यक्रम गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस