७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामूहिक बलात्कारका क्रममा महिलाको मृत्यु

अ+ अ-

बनेपा । सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्यु भएको घटनाका अभियुक्तलाई आज सार्वजनिक गरिएको छ ।

फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहकुल थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

“अझै विस्तृत अनुसन्धान जारी छ, यो घटनामा अझै केहीको संलग्नता भए उनीहरुलाई पनि ल्याउँछौँ” – प्रहरी उपरीक्षक थापाले भने । बनेपामा जडान गरिएको सिसी टिभी क्यामेरा फुटेजको सहयोगमा खोजी गरी प्रहरीले ती अभियुक्तलाई फरक फरक मितिमा फरक फरक स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका सबैले प्रहरीसामु आफूहरु बलात्कारमा संलग्न भएको बयान दिएका छन् ।

रिक्सा चलाउने र प्लम्बरको काम गर्ने भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक, नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार र सोही जिल्लाको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अवस्थामा फेला परेकी बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार भएको अनुसन्धानबाट खुलेको छ । ती महिलासँग अभियुक्तहरुको विगतमा पनि यौन सम्बन्ध रहेको बताइन्छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार उनी विगतमा पनि मादकपदार्थ सेवन गरी घरमा नआउने गरेको कारण खोजीका लागि पीडित पक्षले उजुरी गरेको थिएन । अर्धनग्न अवस्थामा फेला परेको शव देखेर आफन्तले मृतकको पहिचान गरेका थिए । अभियुक्त सबैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइने भएको छ । शव परीक्षणको प्रतिवेदन आउन बाँकी छ । रासस

प्रतिक्रिया दिनुहोस