८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपसभामुख र नेपाल टेलिभिजनका अध्यक्षलाई स्पष्टीकरण पेश गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

उपसभामुख यादवलाई सप्तरीमा निर्वाचनको प्रचारप्रसारमा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको सन्दर्भमा आयोगले स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

स्पष्टीकरणमा भनिएको छ, “व्यवस्थापिका–संसद्को उपसभामुख पदमा आसिन व्यक्तिले यसरी आचारसंहिता विपरीत चुनाव प्रचारप्रसार गरेबापत यहाँलाई कारबाही हुनु पर्ने हो होइन ? २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।”

त्यस्तै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई निर्वाचन आचारसंहिता विपरीत नेपाली काँग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित भएकामा आयोगले स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणमा भनिएको छ, “नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको कार्य हुँदा यहाँलाई निर्वाचन आचारसंहित उल्लङ्घन गरेबापत कारबाही गर्नुपर्ने हो होइन ? २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।” रासस

प्रतिक्रिया दिनुहोस