५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दश हजार हेक्टर वन क्षेत्र अतिक्रमण

अ+ अ-

कपिलवस्तु । विभिन्न संघ संस्था र व्यक्तिले कपिलवस्तुको ठूलो क्षेत्रफलको वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ ।

जिल्लाको कूल ६२ हजार २११ हेक्टर वनमध्ये १० हजार ६४४ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको जिल्ला वन कार्यालयले जनाएको हो ।

वन कार्यलयका उपसचिव कृष्णराज न्यौपानेकाअनुसार उत्तरी क्षेत्रका दुबिया, वाणगंगा, महेन्द्रकोट, बूढी, जयनगर, वरकलपुर, भलवाड, धनकौली, पटनालगायतका स्थानमा अस्पताल, विद्यालय, विभिन्न संघसंस्था र व्यक्तिले वन अतिक्रमण गरेका हुन् ।

यस्तै तिलौराकोट, निग्लिहवा र शिवपुरलगायतका क्षेत्रमा पनि वन अतिक्रमण भएको वन कार्यलयले जनाएको छ । जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिकाको पटना क्षेत्रमा करिब तीन हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको उपसचिव न्यौपानेले जानकारी दिए ।

जिल्लामा आव ०४७/४८ मा सात हजार ७०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेकामा त्यसयता झण्डै थप चार हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ ।

कार्यालयले पछिल्लो पाँच वर्षको अवधिमा ७१५ हेक्टर वन क्षेत्रको अतिक्रमण हटाएर वृक्षरोपण गरेको जनाएको छ ।

वन क्षेत्रमा अतिक्रमण बढेपछि रोक्ने प्रयास गरिए पनि पुरानो बस्ती, वैकल्पिक स्थान अभाव र राजनीतिक हस्तक्षेपले अवरोध भएको बताइएको छ ।

वन क्षेत्र अतिक्रमण गर्नेलाई वन अतिक्रमण ऐन २०६८ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको र कतिपयलाई कारबाहीसमेत गरिएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस