७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोल्न प्रस्ताव गरिएका नाकाको चीनले स्थलगत अध्ययन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल–चीन सडक यातायात सम्झौता संशोधन गर्न बुधबार भएको दुई पक्षीय वार्तामा चिनियाँ प्रतिनिधिमण्डलले नयाँ खोल्न प्रस्ताव गरिएकामध्ये केही नाकाको स्थलगत अध्ययन गर्ने भएको छ ।

वार्ताका क्रममा नेपाली प्रतिनिधिमण्डलले सीमा जोडिएका १३ नाका खोल्न चिनियाँ प्रतिनिधिमण्डलसँग प्रस्ताव गरेको थियो । प्रस्तावपछि चिनियाँ प्रतिनिधिमण्डलले नाकाको नाम नलिए पनि पाँचवटा नाकाको स्थलगत अध्ययन गर्नुपर्ने जवाफ दिएको नेपाली वार्ता टोलीका प्रमुख भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सरोज प्रधानले जानकारी दिए ।

“तातोपानी नाका बन्द गर्न चिनियाँ प्रतिनिधिमण्डलले प्रस्ताव गरेको भनी प्रचारमा आएजस्तो वार्तामा कुरा भएको छैन, हामीले प्रस्ताव गरेका १३ नाकामध्ये पाँचवटाको स्थलगत अध्ययन गर्नुपर्छ भने पनि चिनियाँ पक्षले ती नाकाको नाम उल्लेख गरेन”, उनले भने ।

तीन महिनामा चिनियाँ पक्षले स्थलगत अध्ययन गरेपछि पुनः वार्ता गरी सम्झौता संशोधन गर्ने सहमति भएको सहसचिव प्रधानले बताए । मन्त्रालयमा सोमबार मन्त्री वीरबहादुर बलायरले नेपालका लागि चिनियाँ राजदूत यू होङलगायत अधिकारीसमक्ष सीमा जोडिएका १३ नाका खोल्न प्रस्ताव गरको थिए ।

नेपाल–चीन सडक यातायात सम्झौता कार्यान्वयन गर्ने दस्तावेज (प्रोटोकल) संशोधन गरी थप नाका खोल्ने तयारी सरकारले गरेको थियो । तयारीस्वरुप नेपालका लागि चिनियाँ राजदूतलगायत अधिकारीलाई मन्त्रालयमै बोलाएर मन्त्री बलायरले कुरा गरेका हुन् ।

वि.सं. २०५१ मा भएको दुई देश बीचको सडक यातायात सम्झौताका विषयमा वार्ता गर्न चीनको सरकारी प्रतिनिधिमण्डल सोमबार नै नेपाल आएको थियो । यससम्बन्धी वार्ता गत वर्ष चीनको ल्हासामा भएको थियो । यसअघि चीनसँग खासा–यारी (हुम्ला), खासा–रसुवागढी, खासा–ओलाङ्गचुङ्गोला नाका खोल्ने सम्झौता भइसकेको छ ।

सरकारले बुधबारको वार्तामा रसुवागढी–हिल्सा, रसुवागढी–कोरला, खासा–कोरला, रसुवागढी–डोल्पा, खासा–डोल्पा, रसुवागढी–दार्चुला, रसुवागढी–ताक्लाकोट, खासा–ताक्लाकोट, रसुवागढी–ओलाङ्गचुङ्गोला र रसुवागढी–किमाथांका नाका खोल्न प्रस्ताव गरेको वार्ता टोली संयोजक प्रधानले जानकारी दिए । थप नाका खोल्ने प्रस्तावमा सहमति भएपछि नेपालको कार्गो ट्रक चीन कसरी लैजाने र चीनको कार्गो नेपाल कसरी प्रवेश गराउने भन्ने विषयमा सहजता हुने मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस