९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुर्खेत उपत्यकालाई भिडियोमा देख्न पाइने

अ+ अ-

सुर्खेत । सुर्खेत उपत्यकालाई नक्सामा मात्र होइन भिडियोमा पनि देख्न पाइने भएको छ ।

उपत्यकाको बृहत्तर गुरुयोजनाअन्तर्गत यहाँको सबै वस्तुस्थितिलाई ड्रोन क्यामरामार्फत भिडियो दृश्यका रुपमा देखाइने भएको हो ।

आजदेखि ड्रोन क्यामरामार्फत सबै दृश्य उतारेर डकुमेन्ट्रीमार्फत प्रस्तुत गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए । सोमबार उक्त क्यामराको परीक्षणसमेत गरिएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा ब्ल्याक पेपर टेक्नोलोजीका सञ्चालक सन्तोष सुवेदी र समाज जागरण केन्द्र (स्याक नेपाल) का प्रकाश सुवेदीको समन्वयमा भिडियो दृश्यहरु तयार गरिँदैछ । यसका लागि नगरपालिकाले करिब रु डेढ लाख बजेट व्यवस्था गरेको सुवेदीले बताए ।

उक्त क्यामरा जमिनदेखि १६ हजार फिट माथिबाट उपत्यकाका दृश्यहरु कैद गरिनेछन् ।

“यो क्यामरा २४ हजार फिट माथिबाट पनि चलाउन सकिने भए तापनि यहाँ १६ हजार फिट माथिबाट मात्र दृश्यहरु लिन्छौँ” प्रमुख सुवेदीले भने, “असोज महिनासम्म दृश्य खिचेर आधा घण्टासम्मको डकुमेन्ट्री तयार गर्छौं ।” यसबाट उपत्यकाको सबै वस्तुस्थिति र नक्सालाई भिडियोबाटै देखाइने उनले बताए ।

भिडियोमार्फत यहाँका भौतिक अवस्थाका बारेमा अध्ययन गर्ने र सोहीअनुरुप विकासका योजना बनाएर अघि बढ्ने यसबाट सहयोग हुने सुवेदीले बताए । “यो क्यामराको माध्यमबाट यहाँको बाटोघाटो, वन जंगल, खोलानाला तथा बस्तीको भिडियो दृश्यहरु राखिन्छ”, उनले भने, “जसबाट कहाँ विकासको आवश्यकता छ भन्ने पहिचान हुने र विकासका काम अघि बढाउन सहज हुनेछ ।”

ड्रोन क्यामरा चलाउनका लागि गृह मन्त्रालय तथा प्रशासनबाट स्वीकृति लिइसकेको प्रमुख सुवेदीले बताए। नगरपालिकाले सो क्यामराको परीक्षण गरेको छ ।

स्याटलाइटबाट लिन लागेको यस्तो भिडियो दृश्यबाट उपत्यकाको जुनसुकै स्थान हेर्न सहज हुने ड्रोन ब्ल्याक पेपर कम्पनीका सञ्चालक सन्तोष सुवेदीले बताए ।

‘नक्साबाट भौगोलिक अवस्था छुट्याउन अप्ठेरो हुन्छ’ उनले, ‘यस्ता दृश्यबाट नक्सा हेरेर जुनसुकै ठाउँको पहिचान गर्न पनि सहज हुन्छ ।’

यस्तो खालको प्रविधिले पर्यटनको क्षेत्रमा टेवा पुग्ने समाज जागरण केन्द्र (स्याक) का प्रकाश सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस