८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा धमाधम खेलकुद संरचना बन्दै

अ+ अ-

भीमदत्तनगर ।  कञ्चनपुरको भीमदत्तनगरस्थित जिल्ला खेलकुद विकास समितिको खेलमैदान परिसरमा धमाधम खेलकुद संरचना निर्माण हुँदै गएका छन् ।

सम्बन्धित खेल प्रशिक्षक र विभिन्न खेल संघ/संगठनको सक्रियतामा खेलकुद संरचना निर्माण हुन थालेका हुन् । दलीय नेतृत्वमा बन्ने खेलकुद विकास समितिले खेलकुदको विकासमा खासै पहल गर्न नसके पनि प्रशिक्षकको सक्रियताले खेलकुद संरचना निर्माण भएपछि खेल प्रशिक्षणमा समेत सहजता थपिएको छ ।

कुनै समय एउटा साँघुरो कोठामा प्रशिक्षण लिनुपर्ने बक्सिङका खेलाडी हाल आधुनिक प्यारापिटसहितको सुविधासम्पन्न हलमा बक्सिङ प्रशिक्षण लिइरहेका छन् ।

अढाई वर्षअघि जिल्ला बक्सिङ संघ र बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टको सक्रियता र पहलमा स्थानीय स्तरबाट स्रोत परिचालन गरी ५० लाखको प्रशिक्षण केन्द्र निर्माण भएको थियो जसमा नेपाली सेनाको श्री नं २५ बाहिनीको योगदान रहेको थियो ।

त्यसअघि सेनाकै सहयोग लिएर भलिबलका राष्ट्रिय प्रशिक्षक जगदीशप्रसाद भट्टले भलिबल प्रशिक्षण केन्द्र निर्माण गरे । हाल भलिबल संघका केन्द्रीय सचिवसमेत रहेका भट्टकै पहलमा भलिबल प्रशिक्षण केन्द्रमा ३० लाखमा दुई चरणमा दर्शकका लागि प्यारापिट र आयआर्जनसमेत गर्न १० वटा सटर निर्माण भइरहेका छन् ।

उक्त रकम राष्ट्रिय खेलकुद परिषद्ले दिए पनि रकम निकासा गराउने पहलको श्रेय प्रशिक्षक भट्टलाई नै जान्छ । ‘ट्रेनिङका लागि हल नहुँदा जेनतेन प्रशिक्षण दिनुपथ्र्यो,’  बक्सिङ ओलम्पियन डम्बरदत्त भट्टले भने, ‘अहिले खेलाडीलाई रिङको समेत प्रबन्ध भइसक्यो ।’ बक्सिङ रिङलगायत खेलकुद सामग्री खरिद गर्न पूर्वमन्त्रीसमेत रहेका सांसद रमेश लेखकले बक्सिङ संघलाई सांसद विकास कोषबाट १० लाख रूपैयाँ दिएका थिए ।

त्यस्तै, अर्का सांसद आनन्दी पन्तले पनि संघलाई दुई लाख रूपैयाँ सहयोग गरेको बक्सिङ संघले जनाएको छ ।  राष्ट्रिय खेलकुद परिषद्ले बक्सिङ्ग संघलाई छ लाख रूपैयाँ दिएको थियो ।

त्यसैगरी, केही दिनअघि मात्रै कराँते प्रशिक्षण केन्द्रसमेत यहाँ निर्माण भइसकेको छ । सितोरियो कराँते संघ र कराँते प्रशिक्षक कर्मबहादुर सिंह र वीरेन्द्रबहादुर चन्दको सक्रियतामा कराँते हल बनेको हो । यसका लागि उनीहरूले ३० लाख रूपैयाँ संकलन गरेका थिए ।

‘१० लाख जति राखेपबाट हल निर्माणमा सहयोग आयो,’ कराँतेका सहायक प्रशिक्षक चन्दले भने, ‘बाँकी केन्द्रबाट सहयोग जुट्यो, तर स्थानीयस्तरबाट केही भएन ।’ उनले कराँते हल निर्माणसँगै एउटा कार्यालय भवन स्थापना गर्ने काम बाँकी रहेको बताए ।

गत वर्ष कञ्चनपुर जिल्ला लन टेनिस संघको पहलमा यहाँ लन टेनिस खेल मैदान निर्माण भएको छ भने बुधबार बिहान मात्रै तेक्वान्दो संघको पहलमा अर्को प्रशिक्षण केन्द्रको शिलान्यास भएको छ । ८० लाख लागत लाग्ने अनुमान गरिएको उक्त हल सांसद आनन्दी पन्तले शिलान्यास गरे ।

‘सांसदज्यूबाट सहयोगको आश्वासन पाएर हल निर्माण शुरु गरेका छौँ,’  तेक्वान्दो प्रशिक्षक मोहनप्रताप गुरुङले भने, ‘हामी पनि स्थानीयस्तरबाट सहयोगको आशामा हल निर्माणमा जुटेका छौँ ।’ उनले हल निर्माण भए तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा सहजता आउने बताए ।

२०६८ फागुनमा छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा महेन्द्रनगरमा २० लाख रूपैयाँको लागतमा राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदान निर्माण गरेको थियो ।

‘छैटौँ राष्ट्रिय खेलकुद हुँदा यहाँ खेल संरचना धेरै बन्छन् भन्ने अपेक्षा थियो,’  जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख भट्टले भने, ‘यहाँ क्रिकेट मैदान र केही मर्मतको काम मात्रै भयो ।’ उनले चालु आर्थिक वर्षमा खेलकुद संरचना निर्माणका लागि केन्द्रबाट बजेट नआएको बताए । खेलकुद संरचना निर्माणका लागि पहल गरेपछि मात्रै मागअनुसारको रकम निकासा हुने गरेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस