९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल–भारत दशगजामा भारतीयद्वारा थुपारिएको माटो हटाउन लगायो स्थानीय प्रशासनले

अ+ अ-

भीमदत्तनगर । भारतको दुधुवा नेशनल पार्कमा रहेका जंगली जनावरको संरक्षण तथा तिनीहरुको नेपाल प्रवेश रोक्न भारतीय वन विभागका कर्मचारीले कञ्चनपुरको पुनर्वास नगरपालिकाको बिचपाँटास्थित नेपाल–भारत सीमा क्षेत्रमा निर्माण गरिरहेको अग्लो मोटोको डिल बनाउने कार्यलाई स्थानीय प्रशासनले रोक लगाएको छ ।

भारतले आफ्नो क्षेत्रमा खाडल बनाइरहेको भए पनि त्यसबाट निस्केको माटो दशगजा क्षेत्रमा थुपार्न थालेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आज रोकेका हुन् । भारतीय वन कर्मचारीले बुधबार खाडल खन्ने काम थालेका हो । सोही दिन बेलुकादेखि उक्त कार्यमा रोक लगाएको प्रहरीले जनाएको छ ।

बेलौरीस्थित सशस्त्र प्रहरी क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भीमसिंह थापाले भारतीय वन विभागका कर्मचारीले वन्यजन्तुको चरन रोक्न भारतीय भूमिमा करिब १५० देखि १८० मिटरसम्म खाडल बनाएको बताए ।

“आफ्नै भूमिमा खाडल बनाएर दशगजामा माटो फालेको थियो,” सशस्त्र प्रहरी निरीक्षक थापाले भने, “स्थानीय प्रशासन र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा उनीहरुले तत्काल सो कार्य रोकेका छन् ।”

थापाका अनुशार अनुसार प्रहरीको आग्रहपछि वन कर्मचारीले दशगजामा डोजरको सहायताले थुपारेको माटोसमेत त्यहाँबाट हटाएका छन् । “दशगजामा राखेको माटो सबै खाली गरेर तत्काल काम नगर्ने भनेका छन्,” उनले भने, “उक्त कार्यबारे एसएसबीलाई समेत वन कर्मचारीले जानकारी गराएका रहेनछन् ।”

नेपाल–भारत सीमा स्तम्भ नं १९३ देखि पूर्वी उत्तरतर्फ करिब १५० मिटर ट्रेन्च खनेर नेपालतर्फको दशगजामा अग्लो डिल बनाउने काम अन्तर्राष्ट्रिय मर्यादा विपरीत भएको ठहर गर्दै नेपाली पक्षले आपत्ति जनाएका हुन् ।

भारतीय वन कर्मचारीले आगामी दिनमा सीमा क्षेत्रमा केही काम गर्नु परेमा समन्वय गरेर मात्रै सञ्चालन गर्नेसमेत बताएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सो क्षेत्रमा लामो समयदेखि भारतीय पक्षबाट सीमा अतिक्रमणका प्रयास हुँदै आएको स्थानीयवासीको दुखेसो छ । पुनर्वासमै केही समयअघि सीमा विवादकै कारण भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस