१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र नीति राष्ट्रिय स्वार्थका लागि हुनुपर्नेमा जोड

अ+ अ-

काठमाडौँ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले नेपालको परराष्ट्र नीतिमा समयानुकूल परिमार्जन तथा सुधारका लागि विशेष छलफल सुरु गरेको छ ।

छलफलमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल र अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुन कार्कीले नेपालमा ती मुलुकको स्वार्थ र नेपालको स्वार्थ विषयमा प्रष्ट पारेका थिए । सबै राजदूतले ती मुलुकले नेपालमा शान्ति र स्थायित्व होस् तथा नेपालका कारण आफूहरूलाई सुरक्षा धम्की नरहोस् भन्ने चाहेको जानकारी दिए ।

छलफलमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाल विगतमा भनिए जस्तो दुई ढुंगाको तरुल नभई अब दुई समृद्ध ठूला देशको बीचमा रहेको एउटा हीरा भएको विचार व्यक्त गर्दै आर्थिक समृद्धि नै अहिलेको मुख्य विषय भएको बताए । परराष्ट्रमन्त्री महराले भने, “हामी सबै छिमेकीलाई मित्र बनाउन चाहन्छौँ, कसैको दुश्मन बन्न चाहँदैनौँ, हामी राष्ट्रिय स्वार्थका लागि सबैसँग सहयोग लिएर समृद्ध मुलुक बनाउन चाहन्छौँ ।”

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले राष्ट्रिय स्वार्थका लागि विश्वसनीय तरिकाले परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताए। उनले सत्तामा हुँदा एउटा र बाहिर हुँदा अर्को नीति अवलम्वन गर्न नहुने बताए । बैठकमा उनले प्रधानमन्त्रीको सन्देशसमेत पढेर सुनाएका थिए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वार्थका लागि हुनुपर्छ, दलीय स्वार्थका लागि होइन भने । पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, डा रामशरण महत, सुजाता कोइराला र महेन्द्रबहादुर पाण्डेले मुलुकको आर्थिक समृद्धि नभएसम्म अन्तर्राष्ट्रिय रुपमा प्रभाव र विश्वास बढाउन नसकिने बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गरे । उनीहरुले दुवै छिमेकीलाई उत्तिकै महत्व दिएर राष्ट्रिय स्वार्थका साथ परराष्ट्र नीति अबलम्वन गर्नुपर्ने बताए ।

भारतका लागि नेपाली राजदूत उपाध्यायले विभिन्न विषयमा नकारात्मक टिप्पणी गर्नुभन्दा पनि यथार्थ, वस्तुपरक र आपसी हितका विषयलाई प्राथमिकता दिएर दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउन जरुरी रहेको बताउँदै परराष्ट्र मामिलामा सबै राजनीतिक दल एकमत हुनुपर्ने बताए ।

चीनका लागि नेपाली राजदूत पौड्यालले नेपालले चीनको प्रगतिबाट पाठ सिकेर आर्थिक समृद्धिमा लाग्नुपर्ने बताउँदै आन्तरिक विषयलाई समाधान गर्दै चीनलाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अमेरिकाका लागि नेपाली राजदूत डा कार्कीले अमेरिका नेपालको प्रजातन्त्र र समृद्धिका पक्षमा निरन्तर सहयोग गर्न तयार रहेको आफूले पाएको बताए । । समितिका सभापति जुठबहादुर खड्गीले चरणबद्ध छलफलपछि आएको निष्कर्षलाई सरकारसमक्ष पेश गरिने जानकारी दिए । छलफलमा समितिका सदस्य, परराष्ट्र विज्ञलगायतको सहभागिता रहेको परराष्ट्रमन्त्रीका जनसम्पर्क तथा प्रेस संयोजक हरि लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस