७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौचन हत्या : प्रविधिमा प्रहरीलाई अपराधीको चुनौती

अ+ अ-

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सोमबार गोली हानेर हत्या गरेपछि देशका ठूला निर्माण व्यवसायीहरूलाई फोन आयो । गौचनकै जस्तो हालत बनाइदिने भन्दै फोन गर्नेहरूले निर्धक्क करोड रुपैयाँ माग्दै धम्क्याएका छन् । यसबाट देशका व्यवसायीहरू आतंकित भएका छन् ।

गौचनको हत्या गर्नेहरूले प्रहरी अधिकारीहरूलाई फोन गरी घटनाको जिम्मेवारी लिए । प्रहरीले उनीहरूको फोन सुन्नेबाहेक केही गर्न सकेको छैन । धम्की दिनेले प्रहरीले पत्ता लगाउन नसक्ने गरी इन्टरनेट कलमार्फत फोन गरेका छन् । इन्टरनेट कलको अनुसन्धान गर्ने प्रविधि नेपाल प्रहरीसँग छैन । प्रविधिमा प्रहरीभन्दा अपराधीहरू अगाडि हुँदा प्रहरी निरीह बन्न पुगेका छ ।

‘पटक–पटक नो कलर आइडीबाट धम्कीपूर्ण फोन आइरहेको छ,’ आपराधिक समूहबाट धम्की खेप्नेमध्ये एक कांग्रेस नेता जिपछिरिङ लामा भन्छन्, ‘कसले फोन गरेको हो, थाहा छैन ।’ काठमाडौं, बुटवल, पोखरा र चितवनका दर्जनौँ व्यवसायीलाई इन्टरनेट कलमार्फत फोन गर्दै पैसा मागिएको छ । कतिपय व्यवसायीले डराएर पैसा बुझाएकासमेत छन् । तर, एक वर्षदेखि त्यसरी पैसा असुल्ने समूहलाई प्रहरीले पहिचान गर्न सकेको छैन । उनीहरूले हुन्डीमार्फत दुबईमा पैसा लिने गरेको स्रोत बताउँछ ।

‘हामीसँग इन्टरनेट कलको अनुसन्धान गर्ने प्रविधि छैन,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी भन्छन्, ‘जसकारण हामीले त्यसको अनुसन्धान गर्नसकेका छैनौँ ।’ इन्टरनेट कल मात्र होइन, भाइबर, इमो, ह्वाट्सएपजस्ता प्रविधिबाट हुने फोनको अनुसन्धान गर्ने प्रविधिसमेत नेपाल प्रहरीसँग छैन । जसकारण अपराधीहरू प्रहरीभन्दा बलिया हुँदै गएका छन् । यसले सिंगो देशको सुरक्षा व्यवस्थामै चुनौती थपेको छ ।

सोमबार हत्या गरिएका व्यवसायी गौचनलाई पनि यस्ता फोनबाट धम्की आउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । भारतमा बसेर नेपालमा धम्की र असुली आतंक मच्चाउँदै आएको मनोज पुनकै समूहले त्यसरी धम्क्याउँदै पैसा असुलिरहेको प्रहरीको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस