११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युरिया मलमा करोडौं घोटाला

अ+ अ-

काठमाडौं । कृषि सामग्री कम्पनीले हालै भित्र्याएको युरिया मलको बोरामा औसत पाँच किलो कम मल भेटिएको छ । कम्पनीका उच्च अधिकारीको मिलेमतोमा प्रतिबोरा तीन किलोदेखि १० किलोसम्म कम परिमाणमा प्याकिङ गरिएको मल किसानलाई बिक्री गर्न लागिएको रहस्य खुलेको छ । कम्पनीले ५० किलोको मूल्य लिएर किसानलाई ४० देखि ४७ किलो तौल भएका युरिया मलका बोरा बिक्री गर्न लागेको तथ्य बाहिर आएको छ ।

आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ‘गभर्मेन्ट टू गभर्मेन्ट’ सुविधाअन्तर्गत भित्र्याइएको मलको बोरामा कम परिमाणमा मल भेटिएको हो । कम्पनीले डेढ साताअघि मात्रै भित्र्याएको २० हजार मेट्रिक टनमध्ये विराटनगरस्थित क्षेत्रीय कार्यालयमा आइपुगेको ५० हजार बोरा (दुई हजार पाँच सय मेट्रिक टन) कम परिमाणमा भेटिएको हो । स्रोतका अनुसार गोदाममा आइपुगेका ती सबै बोरामा तीन किलोदेखि १० किलो हाराहारीमा कम मल फेला परेको छ।

स्रोतका अनुसार ५० हजार बोरामा औसत पाँच किलो कमका दरले हिसाब गर्दा ५० हजार बोरामा झन्डै दुई लाख ५० हजार किलो मल कम हुन्छ । भारतसँग खरिद गरिएको प्रतिकिलो ३३ रुपैयाँ ७६ पैसाका दरले खरिद मूल्य जोड्दा ५० हजार बोरामा एक करोड मूल्यबराबर कम परिमाणमा मल प्याकिङ गरिएको छ ।

तिहारदेखि भारतबाट आउन सुरु भएका मलका बोरामध्ये सोमबारसम्म परीक्षण गर्दा करिब तीन हजार बोरा ‘अन्डर वेट’ भएको अवस्थामा फेला पारिएको क्षेत्रीय कार्यालय प्रमुख गोविन्दप्रसाद पराजुलीले दाबी गरे । ‘अहिलेसम्म करिब तीन हजार बोरा कम तौलको भेटिएको छ, हामीले ती बोरा बिक्री गर्न बन्देज गरी छुट्टै राख्न लगाएका छौं’, क्षेत्रीय प्रमुख पराजुलीले भने । कम्पनीसम्बद्ध स्रोतले पराजुलीको भनाइप्रति असहमति जनाउँदै सबै बोरा कम परिमाणको आएको दाबी गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस