८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्छ : मन्त्री पाण्डे

अ+ अ-

चितवन । वन तथा भूसंरक्षण मन्त्री  विक्रम पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य गर्नुपर्ने बताएका छन् ।

जिल्ला वन कार्यालय चितवन भरतपुरमा नव निर्मित भवनको आज उद्घाटन गर्दै उनले भने– “मानवबस्तीमा जगंली जनावर जान नसक्ने गरी ड्याम बनाउने तयारी भइरहेको छ ।”

मन्त्री पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रबाट मानवबस्तीमा निस्कने वन्यजन्तुले जनधनको ठूलो क्षति बनाएको भन्दै यसको निराकरणका लागि प्रभावकारी उपाय अवलम्बन नभएसम्म मानव र वन्यजन्तु बीचको द्वन्द्व नहट्ने बताए ।

वन्यजन्तुलाई गाउँ पस्न रोक्नका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सम्बन्धीत निकायलाई निर्देशन दिदैं उनले भने, “वन र वन्यजन्तुसँग सम्बन्धित अपराधको कडा कानूनी सजायका विषयमा व्यापक जनचेतना जगाउनुपर्दछ ।”

मन्त्री पाण्डे पैतालिस प्रतिशत वन भएको देशमा विदेशबाट काठ ल्याउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै काठको दिगो उपयोग गर्नुपर्नेमा जोड दिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले वन र वन्यजन्तुको संरक्षणमा राज्यले विशेष जोड दिनुपर्ने बताए ।

जिल्ला वन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले दुई तले सो भवन एक करोड २३ लाखको लागतमा जिएस आर आकास जेभिले एक वर्षमा निर्माण सम्पन्न गरेको बताए ।

मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस

प्रतिक्रिया दिनुहोस