८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन सफल बनाउन कुनै कसर बाँकी नराख्न प्रधानसेनापतिको निर्देशन

अ+ अ-

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्न नेपाली सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता व्यक्त गरेका छन्।

जङ्गी अड्डाबाट प्रेषित मार्ग निर्देशन अनुसार आवश्यक योजना र पूर्व तयारी सहित आफ्नो जिम्मेवारीलाई व्यावसायिक तथा उत्कृष्ट ढङ्गबाट पूरा गर्ने विश्वास गर्दै प्रधानसेनापति क्षेत्रीले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सेनाले कुनै कसर नराख्न पृतना लगायत अन्य विभागलाई विशेष निर्देशन दिएका छन्।

विहीवार सम्पन्न नेपाली सेनाको पृतनापति सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानसेनापति क्षत्रीले उक्त निर्देशन दिएका हुन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले विगतको निर्वाचन तथा विपद्को समयमा भरपर्दो र विश्वसनीय फौजको छबी राख्न सफल भएको र आसन्न निर्वाचनलगायत आउँदा दिनहरुको चुनौतीहरुलाई सहजताकासाथ लिई व्यवसायिक ढङ्गले सफलतापूर्वक सम्पन्न गरी नेपाली सेनाको छबिलाई उच्च राख्न समेत निर्देशन दिएका छन् ।

‘निर्वाचन सुरक्षा सम्बन्धी एक दिने छलफल कार्यक्रम’ को उद्घाटन गर्दै रक्षामन्त्री भीमसेनदास प्रधानले विगतमा सम्पन्न विभिन्न निर्वाचनहरुको साथै स्थानीय तहको गत निर्वाचनका विभिन्न चरणमा, सुरक्षा सम्बन्धी जिम्मेवारी प्रभावकारी रुपमा निर्वाह गर्न नेपाली सेनाले पु¥याएको योगदान कदरयोग्य रहेको बताएका छन् ।

सम्बोधनकै क्रममा प्रधानले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न सरकार कटिबद्ध रहेको बताउँदै रक्षामन्त्री प्रधानले विगतका अनुभव र पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहने कुरामा सरकार विश्वस्त रहेको बताए।

जंगी अड्डाका अनुसार, सम्मेलनको आरम्भमा बलाधिकृत रथी बलदेवराज महतले मन्त्री लगायत कार्यक्रममा उपस्थित नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरुलाई स्वागत गरेका थिए। कार्यक्रममा निमित्त रक्षासचिव ऋषि राजभण्डारी, सबै पृतनापतिहरु लगायत जङ्गी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुखहरुको समेत उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस