१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरबारमा छड्के : पाँच सय २१ कर्मचारीलाई कारबाहीको सिफारिस

अ+ अ-

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले तोकिएको पोसाक नलगाउने र समयमा कार्यालय नआउने पाँच सय २१ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको छ । सतर्कताले सिंहदरबारभित्र बिहीबार छड्के निरीक्षण गर्दा सहसचिव, उपसचिव र अन्य विभिन्न तहका पाँच सय २१ कर्मचारीले कार्यालयमा उपस्थित हुनुपर्ने समय र लगाउनुपर्ने पोसाक प्रयोग नगरेको पाइएको थियो । सतर्कताले कारबाही गर्न सम्बन्धित मन्त्रालयलाई शुक्रबार पत्राचार गरेको छ ।

छड्के निरीक्षणका क्रममा कार्यालय समयभन्दा ढिला र कार्यालय पोसाक नलगाई आउने कर्मचारीहरूमा १८ जना सहसचिव रहेका छन् । उनीहरूमध्ये अर्थ मन्त्रालय, कृषि विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयका सहसचिवहरू छन् । सतर्कता केन्द्रले ती सहसचिवलाई विभागीय कारबाही गरी हाजिर कट्टा गरी गयल गर्न निर्देशन दिएको छ ।

४५ जना उपसचिवहरू पनि तोकिएको समय र पोसाक पालना नगरेको अवस्थामा भेटिएका थिए । उनीहरूलाई पनि सतर्कताले सहसचिवसरह कारबाही गर्ने व्यहोराको पत्र पठाएको छ । छड्केमा परी कारबाहीका भागिदार बनेका पाँच सय २१ कर्मचारीमध्ये बाँकी कर्मचारी अधिकृत, नासु र खरिदार तहका कर्मचारी रहेका छन् ।

सतर्कताले समयमा कार्यालय पुग्ने र कर्मचारी पोसाक लगाउने सन्दर्भमा कर्मचारीमा अराजकता बढेपछि छड्के गरेको जनाएको छ । ‘पछिल्लो समय सिंहदरबारभित्र कर्मचारी ढिलो गरी कार्यालय आउने र कार्यालयको पोसाकसमेत नलगाउने गरेको उजुरी आएका थिए,’ सतर्कता केन्द्रका प्रवक्ता विष्णुप्रसाद लामिछानेले भने, ‘त्यसै आधारमा बिहीबार छड्के गर्दा पाँच सय २१ कर्मचारीले नियम उल्लंघन गरेको पाइयो ।’ उनले सिंहदरबार प्रवेश गर्ने चारवटै ढोकामा बसेर एकैसाथ निरीक्षण गरेको बताए । निरीक्षणमा सतर्कताका २० जना कर्मचारी परिचालित भएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस