७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प

अ+ अ-

तेहरान । इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको समाचार छ ।

उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ । उक्त क्षेत्रका साथै कुवेतमा पनि भूकम्पको धक्का महसुश भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश इरानी छन् ।

उक्त भूकम्पमा परी इराकमा पनि ६ जनाको ज्यान गएको बताइएको छ । भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको केन्द्रविन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ । इरानको इतिहासका धेरै शक्तिशाली भूकम्पहरुमा यो पनि शक्तिशाली भूकम्प रहेको प्राप्त समाचारमा जनाइएको छ ।

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन् । अधिकारीहरुले सोमबार बिहानसम्ममा घाइते हुनेको सङ्ख्या एक हजारभन्दा बढी नै रहेको पनि समाचारमा उल्लेख गरिएको छ ।

भूकम्पको उद्वारका काममा खटिरहेको उद्वारकर्मी र अधिकारीहरुले सञ्चारमाध्यमहरुलाई बताएअनुसार मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने जनाइएको छ ।

भूकम्पले कैयौँ घर भत्किएका छन् । भत्किएका भवनहरुको भग्नाबशेषबाट केहीलाई निकालिएको छ भने अरु केही अझै पनि पुरिएर रहेका छन् ।

इरानको रेड क्रिसेन्ट संस्थाले सो भूकम्पबाट विशेषगरी इरानतर्फका आठवटा गाउँमा बढी नै क्षति भएको जनाएको छ । साथै अरु पनि कैयौं गाउँ र सहरहरुमा विजुली आपूर्ति बन्द भएको छ भने सञ्चार सेवा अवरुद्ध छ ।

भूकम्पले बाटोमा समेत क्षति पुगेको छ । बाटो अबरुद्ध नै भएको छ । कतिपय स्थानमा भास्सिएको छ भने केही ठाउँमा पहिरोले आवतजावत नै बन्द गराएको छ । यसका कारण उद्धार टोलीहरुलाई क्षतिग्रस्त स्थानमा पुग्न गाह्रो भएको बताइएको छ ।

भूकम्प लगत्तै अत्तालिएर घरबाहिर सडकमा निस्किएका मानिसहरु अहिलेसम्म पनि घरभित्र पस्न सकेका छैनन् । बारम्बारको पराकम्पनले उनीहरुमा त्रास फैलिएको बताइएको छ ।

मानिसहरु सडकमा भेला भएर बसेका छन् । पराकम्पन आउनसक्ने डरले उनीहरु घरमा फर्किन सकेका छैनन् ।

उता कुवेतमा पनि यस्तै अवस्था रहेको छ । सामाजिक सञ्जालहरुमा राखिएका तस्वीरहरुमा कुवेतीहरु पनि पराकम्पनको त्रासले बाहिर सडकमै बसिरहेको देखिन्छ ।

तर कुवेतबाट क्षतिको अवस्थाको बारेमा भने केही जानकारी हुन सकिरहेको छैन । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस