९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दृष्टिविहीन नागरिकलाई निर्वाचनमा सहयोग पुर्याउन प्रमुख निर्वाचन आयुक्तको आग्रह

अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचनका लागि आयोगको सन्देशबाहक दूतको रुपमा काम गर्न दृष्टिविहीन नागरिकलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘दृष्टिविहीन नागरिकका लागि मतदाता शिक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्ररूपमा ऐतिहासिक तुल्याउन दृष्टिविहीन नागरिकबाट निर्वाचन आचारसंहिताको पालनाका लागि जिल्लामा अभियान चलाउन अनुरोध गरे

प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने, ‘मतदान गोप्य हुनुपर्दछ भन्ने विश्वव्यापी मान्यता हो, प्रविधिमा अहिले हामी पछि छौँ, यस्को प्रयोग गर्दै जाने छौँ, तपाईहरुको माग पूरा गर्न भोटिङ मेसिनको प्रयोग गर्नेभन्दा अर्काे विकल्प छैन । यस वर्ष नै मतदानमा प्रविधिको प्रयोग गर्ने भनेकोमा समयको चापका करण दृष्टिविहीन नागरिकको मागअनुसारको प्रविधिको प्रयोगतर्फ फड्को मार्न सकेनांै । यद्यपि विशेष नागरिकले विशेष सुविधा पाउनुपर्छ भन्नेमा दृढ छौं ।’

कार्यक्रममा निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले सहीरूपमा मत सङ्केत गरी बदर मत प्रतिशत घटाउने उद्देश्यले सञ्चालन गरिएको प्रशिक्षणमा सिकेको ज्ञान अरूलाई प्रवाह गरी बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउन प्रेरित गर्न सुझाव दिए । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले आगामी निर्वाचनमा फरक फरक खाले मतपत्र भएकाले मतदाताबाट सहीरूपमा मत संकेत होस्, बदर मतप्रतिशत घटाउन योगदान दिन सकियोस् भन्ने उद्देश्यका साथ काम गर्न आवश्यक रहेको बताए ।

युएनडीपी इएपी परियोजनाका उपनिर्देशक कुन्दनदास श्रेष्ठले विश्वासनीय, समावेशी र सर्वस्वीकार्य निर्वाचनका लागि आफ्नो संस्थाले निर्वाचन आयोगलाई सहयोग पुर्याउँदै आएको बताए । नेत्रहीन सघका अध्यक्ष रमेश पोखरेलले मतदानमा दृष्टिविहीनताको गोपनीयताको अधिकार सुनिश्चित गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस