८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वच्छ र स्वतन्त्र निर्वाचनका लागि सहयोग पुर्याउन सञ्चार जगतलाई प्रमुख निर्वाचन आयुक्तको आग्रह

अ+ अ-

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले लोकतन्त्र, संघीयता, गणतन्त्र स्थापना गर्न नेपाली सञ्चार जगतको उल्लेखनीय भूमिका रहेको हुँदा त्यसको संरक्षण तथा संवद्र्धनमा आवश्यक ध्यान पुर्याउन पत्रकारलाई आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघले आज आयोजना गरेको ‘आमसञ्चार र निर्वाचन’ विषयक कार्यक्रममा उनले निर्वाचनलाई स्वच्छ र स्वतन्त्र ढंगबाट सफल तुल्याउने वातावरण निर्माण गर्न पत्रकारलाई सुझाव दिए ।

सञ्चार माध्यमबाट देशलाई निर्वाचनमय बनाइदिन प्रत्येक सञ्चारगृहको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले पत्रकार महासंघलाई जिल्ला शाखाका माध्यमबाट निर्वाचन शिक्षामा सहयोग पुर्याउन आग्रह गरे ।

पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले मुलुकको अहिलेको मुख्य प्राथमिकता निर्वाचन भएकाले त्यसमा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहने धारणा राखे ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्माले निर्वाचनका क्रममा बालबालिका प्रयोग तथा विद्यालयमा राजनीतिक कार्यक्रम नगर्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले निर्वाचनमा सबै पत्रकारलाई विशेष पास उपलब्ध गराउन सम्भव नरहेको हुँदा सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा निर्वाचन अधिकृतसँग सहकार्य गरी सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे ।

प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत झवीन्द्र भुसालले स्थानीय निर्वाचनमा जस्तै आगामी निवार्चनका लागिसमेत काउन्सिलले सञ्चारगृहका विषयवस्तुमा अनुगमन शुरु गरिएको बताए ।

महासंघका महासचिव रमेश विष्टले सञ्चार जगत आफैँमा निर्वाचनको सुपरिवेक्षक तथा सूचनाको संवाहक रहेकाले सूचना जनतासम्म पुर्याउन उपयुक्त वातावरण निर्माण गर्न सबैलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस