९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लवबारे बोल्दैनन् सुरक्षा संयन्त्र

अ+ अ-

काठमाडौं । उम्मेदवार केन्द्रित बम आक्रमणका घटना बढिरहेका बेला आइतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई सँगै राखेर पत्रकार सम्मेलन आयोजना गरे ।

रक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा केन्द्रित थियो । मन्त्री प्रधानले चुनावी चहलपहल बढेसँगै सुरु भएको बम विस्फोट घटनाका विवरण सार्वजनिक गर्दै भने, ‘दुई सातायता ३४ स्थानमा बम विस्फोट भइसक्यो ।’

उनले सुरक्षा संगठनले निर्वाचनका लागि तराई केन्द्रित सुरक्षा योजना बनाएको तर घटना पहाड केन्द्रित भएको बताए । उनले विस्फोटका घटनामा विप्लव (नेत्रविक्रम चन्द) नेतृत्वको समूहसँगै अन्य समूह पनि संलग्न रहेको दाबी गरे । उनले अन्य समूह को हुन् भनेर खुलाएनन् ।

मन्त्री प्रधानले आन्तरिक सुरक्षाको जिम्मेवारी गृह मन्त्रालयअन्तर्गत रहेको र गृहको नेतृत्वसमेत प्रधानमन्त्री शेरबहादुर देउवाले गरेकाले उनी काठमाडौं फर्किएलगत्तै छलफल गरेर नयाँ रणनीति बनाउने बताए ।
रक्षा मन्त्रालयमा प्रधानसेनापतिले सुरक्षा व्यवस्था बलियो रहेको दाबी गरिरहँदा विभिन्न जिल्लामा उम्मेदवार लक्षित बम प्रहार गर्ने क्रम जारी थियो ।

धादिङको थाक्रेमा एमाले उम्मेदवार भूमि त्रिपाठीलाई लक्षित गरेर सुतली बम हानियो । निर्वाचन कार्यालयमा सकेट बम फेला पर्यो । बागलुङमा वडा सदस्यको घरमा सुतली बम फेला पर्यो ।

गृह प्रशासन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाको रणनीतिमा व्यस्त हुँदा उनीहरुको हातमा नेपाल कम्युनिस्ट पार्टीको नाममा निर्वाचनविरोधी गतिविधि गर्न निर्देशन दिएको आन्तरिक सर्कुलर फेला परेको थियो । सोही सर्कुलरमा उल्लेख भएअनुसार हिंसात्मक गतिविधि बढेको देखिन्छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस