८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लाहुरे’ राजनीति

अ+ अ-

काठमाडौं । बेलायती सेनाबाट अवकास पाएपछि राजनीतिमा आएका खमवीर गर्बुजा अहिले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसबाट उम्मेदवार छन् । २०७० को संविधानसभा निर्वाचनमा पराजित भएपनि जिल्लामा पार्टी सभापतिको जिम्मेवारीमा सक्रिय भएका उनी यसपटक पुनः उम्मेदवार बनेका हुन् ।

‘लाहुरे’ पृष्ठभूमिबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उनी जिल्लामा एक्ला उम्मेदवार भने होइनन् । प्रदेश सभा ‘ख’ को प्रत्यक्षमा कांग्रेसबाट यमलाल फगामी उठेका छन् । भारतीय सेनाबाट अवकास पाएपछि राजनीतिमा प्रवेश गर्नेबित्तिकै उनले पार्टीबाट टिकट पाए । त्यस्तै कांग्रेस र राप्रपाको गठबन्धनबाट प्रदेश ‘क’ मा राप्रपाका भीमप्रसाद गौचन उम्मेदवार छन् । पञ्चायतकालमा दरबारसँग निकट सम्बन्ध राख्ने र धेरै विवादमा मुछिएका उनी अहिले पनि चुनावी प्रस्पिर्धामा छन् । गौचन भारतीय सेनाबाट जागिर अवधि पुरा नहुँदै फर्किएका हुन् ।

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिहरुको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । किन उनीहरु राजनीति आए त रु ‘मैले बेलायतका सुखसुविधा छोडेर जनताको सेवा गर्न आएको छु, आफ्नो सीप र क्षमताको प्रयोग जनतालाई नै प्रयोग गर्छु,’ म्याग्दीमा गाउँघरमा मत माग्दै गर्बुजा यसै भन्ने गर्छन् ।

‘फौजी संगठनमा काम गरेका मान्छे अलिक अनुशासित हुन्छन्, आर्थिक अवस्था पनि अरूको भन्दा सबल हुन्छ,’ स्थानीय म्याग्दी बहुमुखी क्याम्पसका प्राध्यापक तारानाथ शर्मा भन्छन्, ‘लाहुरेहरूको जिल्ला भएकाले उनीहरुको भोट तान्न पनि दलहरुले त्यस्तालाई अघि सार्ने गरेका छन् ।’ उनका अनुसार फौजी पृष्ठभूमिका व्यक्तिहरुको सामाजिक संलग्नता पनि राम्रो छ । त्यसैले उनीहरु छिटै दलहरुको पहुँचमा पुग्छन् ।

‘राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रायः सबै क्षेत्रमा भूपु सैनिकको नेतृत्व छ’, एमाले जिल्ला कमिटीका पूर्वसचिव समेत पूर्वलाहुरे खुमबहादुर बानियाँले भने, ‘गाउँका सामाजिक काममा मात्र होइन कांग्रेस, एमाले, माओवादीसमेतका जिल्लाको राजनीतिक नेतृत्वमा लाहुरेहरुको पकड छ ।’ गाउँठाउँको बाटो, खानेपानी, कुलो र विद्यालयका भवन निर्माणमा आर्थिक योगदानसँगै अनुशासित तवरले अगुवाइ गर्ने भएकाले लाहुरेलाई हेर्ने सामाजिक दृष्टिकोण पनि राम्रो रहेको उनले बताए ।

भारतीय सेनाबाट सेवानिवृत्त कांग्रेसका जिल्ला सचिव मिनबहादुर कार्की विदेशमा सिकेको सीपलाई प्रयोग गर्न सकिन्छ भनेर राजनीतिमा आएको बताउँछन् । ‘फौजीहरू देशविदेश बुझेका, अनुशासनमा बस्ने र नचाहिने कुराको लोभ नगर्ने हुने भएकाले समाजमा छिटै घुलमिल हुन्छन्,’ उनले भने, ‘प्रवृत्तिका हिसाबले फौजीले राजनीति जान्दैनन् । तर, हाम्रो समाजले जान्दिन भनेर टाढा बस्न दिँदैन, अगाडि ल्याए यसले केही काम गर्ला भन्ने आस राख्छ ।’

गत स्थानीय तहको चुनावमा पनि ‘लाहुरे’ पृष्ठभूमिका धेरै उम्मेदवारले जितेका छन् । अन्नपूर्ण गाउँपालिका प्रमुखमा भारतीय सेनाबाट अवकास पाएका डमबहादुर पुनले जिते । त्यही गाउपालिकाको वडा ६ को सदस्यमा देवेन्द्र गर्बुजा र बेनी नगरपालिका–१ मा टेकबहादुर रावलले चुनाव जितेका थिए । बेनीनगरपालिका–८ को सदस्यमा हिमबहादुर भण्डारीले जितेका छन् ।

पञ्चायतकालमा नरबहादुर पुन, हरिबहादुर पुन, भोगबहादुर पुन र भीमप्रसाद गौचन जस्ता फौजी पृष्ठभूमिका व्यक्तिहरुको म्याग्दीमा दबदबा थियो । नरबहादुर राष्ट्रिय पञ्चायत सदस्य र भोगबहादुर जिल्ला पञ्चायत सभापतिसम्म भए ।

भीमप्रसाद गौचन भने तत्कालिन पाखापानी गाउँपञ्चायतको प्रधानपञ्च हुँदै २३ वर्षमै जिल्ला पञ्चायत सभापति, राष्ट्रिय सभा सदस्य, राज्यमन्त्री समेत बने । शिक्षित मतदाताको एउटा जमात गौचनलाई राजनीतिमा निकै विवादित र बदनाम पात्र मान्छन् । पञ्चायतकालमा उनीमाथि गाँजा, मूर्ती तस्करी, हत्या र गुण्डागर्दीको आरोप पनि लाग्ने गरेको थियो । ०४३ साल वैशाखको राष्ट्रिय पञ्चायतमा निर्वाचन आफ्नो पक्षमा पार्न सरकारी उम्मेदवार भएका उनले शक्तिको दुरुपयोग गरी शिखमा दुइजना र सिंगामा एकजनाको हत्या गराएको आरोप छ । उक्त घटना साप्ताहिक विमर्श पत्रिकाले प्रकाशित गरेपछि काठमाडौंमा पत्रकार पदम ठकुराठीलाई गोली प्रहार गरी हत्या प्रयासको अभियोगमा उनले कैद सजाय भुक्तान पनि गरेका हुन् ।

बहुदल आएपछि पञ्चायती पृष्ठभूमिका भीमप्रसाद र उनका भाई जगत गौचनले राप्रपा पार्टीमा बसेर राजनीति थाले । अहिले पनि उनीहरु सक्रिय छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस