९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घरेलु हतियार प्रहारबाट छ जना घाइते, तीन बेपत्ता

अ+ अ-

बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका–१ मा बिहीबार राति ८ बजे घरेलु हातहतियार प्रहारबाट नेपाली कांग्रेसका छ जना कार्यकर्ता घाइते भएका छन् भने तीनजना सम्पर्कविहीन रहेका छन् ।

घाइते हुनेमा बूढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार एमालेका कार्यकर्ताको आक्रमणमा परी तीनजना सम्पर्कविहीन रहेको बताइएको छ । सम्पर्कविहीन हुनेमा सोही वडाका स्थानीय डम्बर थापा, रमेश नेपाली र किसन नेपाली रहेको प्रहरी नायब निरीक्षक जगदिश भट्टले जानकारी दिएका छन् ।

भट्टले दिएको जानकारीअनुसार घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर रहेको बताए । आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद पाँच हजार ५०० लुटेको बताए । उनले घाइते भएका कृष्ण थापा सोही वडामा रहेको जनप्रभात प्राविका शिक्षक हुन् भने ललित थापा स्थानीय तहको निर्वाचित वडा सदस्य रहेका थिए ।

घाइते भएका छ जनाको जिल्ला स्वस्थ्य कार्यालय बाजुरामा उपचार भइरहेको प्रहरीले बताएको छ । आक्रमण गर्नेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितलाई सोही वडाका वडाध्यक्ष राजेशबहादुर सिंहको घरबाट आउँदै गरेको बेला धुरालसैन माविको तलतिर एकान्त ठाउँमा पछाडिबाट हातहतियारले हानेर घाइते बनाएको घाइते अम्म थापाले बताएका छन् ।

बाटोमा हिँडिरहेका बेला कुनै कुराकानी नगरी एकाएक एमालेका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको थापाको भनाइ छ । वामगठबन्धनका उम्मेदवार लालबहादुरको निर्देशन र आक्रमणमा संलग्न गणेश थापाको नेतृत्वमा गएको ४० जनाको समूहले खुकुरी, घरेलु हातहतियार र ढुंगा प्रहारबाट कांग्रेसका कार्यकता घाइते भएकोप्रति नेपाली कांग्रेसले घोर आपत्ति जनाएको छ ।

चुनावी प्रचारमा जनतालाई भेटघाट गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार भए पनि राणा शासन चलाउन खोजेकोप्रति कांग्रेसले विरोध गर्छ कांग्रेस सभापति कविराज पण्डितले बताए । रासस

प्रतिक्रिया दिनुहोस