८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव बेचबिखनको रुप बदलिँदै

अ+ अ-

रत्ननगर । मानव बेचबिखनको रुप बदलिन थालेको भन्दै चितवनका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । चितवनको भरतपुरमा माइती नेपालले आयोजना गरेको अन्तरक्रियामा न्यायाधीश, कानून व्यवसायी तथा अधिकारकर्मीले यस्तो बताएका हुन् ।

चितवनका जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले मानव बेचबिखनको रुप बदलिएर मानव तस्करमा पुगेको भन्दै यसको नियन्त्रणका लागि सरोकालवाला निकायको सामूहिक प्रयासको खाँचो रहेको औँल्याए ।

मानव बेचबिखनविरुद्ध न्यायिक निकाय, प्रभावित सरोकारवाला तथा मानवअधिकार रक्षकबीच हिजो भएको अन्तरक्रियाका क्रममा न्यायाधीश शर्माले अहिले भारतमा मात्रै नभएर वैदेशिक रोजगारीको नाममा विश्वका अन्य मुलुकमा बेचबिखन तथा यौनशोषण हुने गरेको उल्लेख गरे ।

माइती नेपालकी कानुन अधिकृत तथा अधिवक्ता सजनी जोशीले रुप बदलिएर वैदेशिक रोजगार र शिक्षा, झूटो विवाह, मसाज पार्लर, विभिन्न अंग बेचबिखन तथा छालाको व्यापारका लागि मानव तस्कर हुने गरेको पाइएको बताइन् । ‘पछिल्लो समयमा खत मेट्न, स्वरुप बदल्न मानिसको छाला झिक्ने क्रम देखिएको छ’, जोशीले भनिन्, ‘यस्ता घटनासमेत देखिन थाल्नु चुनौतीको विषय हो ।’

विश्वमा हरेक वर्ष २० लाख मानिस बेचबिखनमा पर्ने गरेको सो अवसरमा जानकारी दिइयो । तीमध्ये ७० प्रतिशत महिला र पाँच प्रतिशत बालबालिका छन् । सरोकारवालाले बेचबिखनमा फितलो कानून, सुनुवाइमा समस्या, न्यायको पहुँचमा कमी, उद्धार पुनःस्थापनामा समस्या देखिएको छ ।

कार्यक्रममा हालै माइती नेपालको प्रयासमा उद्धार गरिएकी एकजना पीडित महिलाले आफूलाई राम्रो जागिर भनेर ओमन लगे पनि २४ घण्टासम्म काममा खटाएर शारिरीक शोषण गरेको अनुभव सुनाइन् । त्यस्तो समस्यामा सयौँ नेपाली महिला परिरहेको उनको भनाइ थियो ।

बार एशोसिएशन चितवनका अध्यक्ष गोविलाल देवकोटाले मानव बेचबिखनको स्वरुप बदलिएको भन्दै गाउँमा जिम्मेवार निकायलाई भेटेर परिचयपत्र देखाउँदै कामका लागि मान्छे लाने भनेर तस्करी हुने क्रम बढेको उल्लेख गरे ।

माइती नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीले स्नातक पढेकासमेत तस्करमा परेको भन्दै जुनसुकै समुदायसमेत प्रलोभनमा प्रभावित हुने गरेको उल्लेख गरे । रासस

प्रतिक्रिया दिनुहोस