१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इपिएल क्रिकेट : ललितपुर प्याट्रियट्स विजयी

अ+ अ-

काठमाडौं । राजधानीमा आजदेखि शुरु भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर बलिङ रोजेको ललितपुरले काठमाडौं किङ्स इलाभेनलाई सात विकेटले पराजित गरेको हो । काठमाडौंले दिएको ९० रनको लक्ष्यलाई ललितपुरले १६.३ ओभरमा तीन विकेट गुमाउँदै पुरा गर्यो ।

ललितपुरका लागि भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित ४४ रनको योगदान दिए । उनले ४७ बलमा दुई छक्का र चार चौका प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्लले २० र राजवीर सिंहले १४ रन बनाए । बलिङतर्फ काठमाडौंका लागि श्रीलंकन खेलाडी अक्षु फर्नाण्डोले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको काठमाडौंले १८।३ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो । काठमाडौंका लागि अमित श्रेष्ठले सर्वाधिक २७ रन जोडे । उनले २८ बल खेल्दै चार चौका प्रहार गरे । अक्षु फर्नाण्डोले १५, सोमपाल कामी १४ तथा कप्तान महरुफ फरवेज र सुबोध कुमारले सात/सात रन बनाए ।

बलिङतर्फ ललितपुरका लागि सुबोध भाटीले चार, ललितनारायण राजवंशीले तीन, मेहबुव आलमले दुई र योगेश नागरले एक विकेट लिए । प्रतियोगितामा ललितपुरका ललितनारायण म्यान अफ दी म्याच घोषित भए । उनले रु १० हजार पुरस्कार पाए ।

मंगलबार पहिलो खेल चितवन टाइगर्स र पोखरा राइनोजका बीच तथा दोस्रो खेल विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सका बीच हुनेछ । प्रतियोगिताको विजेताले २१ लाख पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस