१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपतिबाट प्राज्ञ र कवि पुरस्कृत

अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सवमा विजयी कविलाई आज आयोजित समारोहमा पुरस्कृत गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा यस वर्षको कविता महोत्सवमा प्रथम चन्द्र रानहँछा र द्वितीय सुवास राई ‘क्याप्टेन’ तथा तृतीय दीपेन्द्र उपाध्याय, उर्मिला कोइराला र अमृता ‘स्मृति’ लाई पुरस्कार प्रदान गरिएको हो । प्रथम हुनेलाई ३० हजार, द्वितीयका लागि २५ र तृतीयका लागि २० हजारसहित पदक दिइएको छ । गत असार ९ गते प्रतिष्ठानको ६०औँ वार्षिकोत्सवमा आयोजित प्रतियोगितामा ती कवि पुरस्कृत घोषित भएका थिए ।

समारोहमा प्राज्ञिक क्षेत्रको गरिमामय र ठूलो राशिको मानिने पृथ्वी प्रज्ञा पुरस्कार वरिष्ठ समालोचक एवं निबन्धकार प्रा. डा. तारानाथ शर्मालाई प्रदान गरियो । सो पुरस्कार प्रत्येक चार वर्षमा एक पटक दिइन्छ ।

यस्तै प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने एक एक लाखको ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ प्रा. डा. वीणा पौडेल र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ डा. रामावतार यादवलाई प्रदान गरियो । हरेक वर्ष दिइने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ वर्ष २०७३ सालका लागि विमल निभा तथा २०७४ सालका लागि धु्रव सापकोटालाई दिइयो ।

यस्तै एक लाख राशिको तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार–२०७३’ अब्दुल लतिफ शौक (उर्दू भाषा) र २०७४ सालको सोमबहादुर धिमाल (धिमाल भाषा) लाई दिइयो । पहाडी हिमाली क्षेत्रमा बोलिने ‘मातृभाषा साहित्य पुरस्कार–२०७३’ का लागि पदम राई र २०७४ सालका लागि धनबहादुर माझीलाई प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनसँगै सांस्कृतिक क्षेत्रको यथोचित रुपान्तरण र प्रवद्र्धनमा स्रष्टाहरुले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । उनले नेपाली भाषा साहित्यलाई अन्तर्राष्ट्रिय जगत्मा लैजानका लागि प्रतिष्ठानलाई थप अग्रसरता देखाउन आग्रह गरिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले असल भाव र सन्देशका कविताले युगलाई सकारात्मक प्रभाव पार्ने बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले छिमेकीलगायत दक्षिण एशियाका विभिन्न प्राज्ञिक निकायसँग सहकार्य बढाउन पहल गरिएको अवगत गराए । सम्मानितमध्येका डा. शर्माले पृथ्वीनारायण शाहको वीरताका कारण नेपाल एकीकरण सफल भएको बताए । रासस

प्रतिक्रिया दिनुहोस