१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

अ+ अ-

काठमाडौं । नेपाल—पाकिस्तानबीचको मैत्री सम्बन्धलाई जनस्तरमा अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले आज यहाँ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

पाकिस्तानबाट छात्रवृत्ति प्राप्त गरेका नेपाली चिकित्सकहरुको संलग्नतामा भएको सो शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, दाँत, बालरोग, महिलासँग सम्बन्धित विभिन्न रोगको परीक्षण गरिनुको साथै विरामीलाई तीन महिनासम्मको औषधि निःशुल्क प्रदान गरिएको थियो । कालीमाटी परोपकार विद्यालयमा सञ्चालन गरिएको सो शिविरमा करिब एक हजार विरामीले स्वास्थ्य परीक्षण गरेका छन् ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल— पाकिस्तानबीचको मैत्री सम्बन्धलाई केन्द्रीय सरकारको रुपमा मात्र नभई स्थानीय सरकार र जनस्तरमा समेत विस्तार गर्नु पर्नेमा जोड दिए । उनले राजधानीमा वसोवास गर्ने शहरी गरिबलाई लक्षित गरी सञ्चालन गरिएको शिविर निकै उपयोगी रहेको बताए ।

पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (माले) का महासचिव सीपी मैनालीले नेपाल—पाकिस्तानबीचको सम्बन्ध नयाँ परिवेशमा विस्तार हुँदै जाने धारणा राखे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले नेपालमा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानले छात्रवृत्ति प्रान गरी महत्वपूर्ण सहयोग गरेको बताउँदै साहित्यिक, सांस्कृतिक क्षेत्रमा पनि सम्बन्ध विस्तार भएको उल्लेख गरे ।

नेपालका लागि पाकिस्तानका राजदूत डा. मजार जावेदले नेपाल–पाकिस्तानबीचको परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्न नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले विभिन्न रचनात्मक कार्य गर्दै आएकामा धन्यवाद दिए ।

कार्यक्रममा संघका अध्यक्ष हिमालयशंसेर राणा र महासचिव मन्जुरत्न शाक्यले नेपाल—पाकिस्तानबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सात वर्षदेखि वर्षमा दुईपटक यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस