१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खड्काको कप्तानीमा नेपाली टोली घोषणा

अ+ अ-

काठमाडौं । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

आज घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल (उपकप्तान), शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन् ।

गत महिना सम्पन्न इपिएल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडी चयन गरेको हो ।

प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो । नेपाली टोली नामिविया जानुअघि यही माघ १३ गते युएई भ्रमणमा जानेछ । त्यहाँ रहँदा नेपालले तीनवटा अभ्यास खेल खेल्ने तय भएको कप्तान खड्काले बताए । नेपाली टोली माघ २१ गते नामिविया जानेछ । डिभिजन दुई माघ २५ गतेदेखि नाविवियामा सुरु हुनेछ । आइसिसी वल्ड क्रिकेट लिगको शीर्ष चारमा पर्न असफल भएपछि नेपाल गत असोजमा डिभिजन दुईमा घटुवा भएको हो । अब डिभिजन दुईमा छ टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोलीले सन् २०१८ मार्चमा जिम्वावेमा हुने ‘वान डे क्वालिफायर’ खेल्न पाउनेछन् । रासस

प्रतिक्रिया दिनुहोस