१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनौला हजार दिनका आमाहरुलाई खानेपानी फिल्टर

अ+ अ-

डोटी । डोटीमा सुनौला हजार दिनका दुई दर्जन बढी आमाहरुलाई शुक्रबार खानेपानी फिल्टर वितरण गरिएको छ ।

गर्भावस्था देखि २ वर्ष सम्मका उमेर भएका बच्चाहरुका आमा समुह जसलाई सुनौला एक हजार दिनका आमाहरु भन्ने गरिन्छ । युएसएआईडीको आर्थिक सहयोगमा सोर्स नेपालले संचालन गरेको सुआहारा कार्यक्रम दोस्रो चरण अन्तरगत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ मा रहेका ३० जना आमाहरुलाई खानेपानी फिल्टर सहयोग गरेको हो ।

खानेपानी फिल्टर लिन कार्यक्रममा पुगेकी दिपायल सिलगढी नगरपालिका ६ सिलगाँउकी २७ वर्षकी डम्मरी देबि नेपालीले गर्भवति भएदेखि बच्चा पाउन्जेलसम्म आफ्नो स्याहार सुसार, खानपिनमा सहयोग पुगेको बताईन् ।

उनले भनिन् ‘सुरुवातमा त मैले सबै कुरा जानेको छु मलाई किन सिकाउनु परेको होला जस्तो लाग्थ्यो तर जव मिटिङहरुमा सहभागी हुन थाले मैले त केही पनि नजानेकी पो रहेछु जस्तो महसुस भयो ।’ गर्भवति भईसकेपछी स्वास्थ्य संस्थामा ४ पटक चेक जाँच गर्ने, बच्चा जन्मीसकेपछी नियमित चेकजाच, पोषिलो खानेकुरा, सरसफाईको बारेमा धेरै थाहा थिएन, अब भने छर्लङ्ग भएको छ –डम्बरीले भनिन् ।

उनि मात्र होईन सुनौला १ हजार दिन समुहभित्रकी दिपायल सिलगढी नगरपालिका ६ की ३० वर्षकी गंगा सिँहले पनि पोषिलो खानेकुरा र सरसफाईमा ध्यान दिनुपर्छ भन्ने कुरा धेरै थाहा थिएन तर अहिले धेरै कुराको बारेमा जानकारी भएको बताईन् । उनले भनिन् ‘कुनै पनि महिला गर्भवति भईसकेपछी बच्चा जन्मेर २ वर्ष नपुगन्जेल सम्वेदनशील अवस्था मानिन्छ बच्चाको तिब्र बृद्धी विकास हुने भएकाले महिलाको स्वाहार सुसार, खानपीनमा रसरसफाईमा ध्यान दिन नसके महिला र बालवालिकाको जिन्दगी पनि बिग्रन सक्छ ।’

सुआहारा कार्यक्रम अन्तर्गत सोर्स नेपालले डोटीका २ नगरपालिका र ७ वटा गाँउपालिकाहरुका सबै वडाहरुममा पोषण, स्वास्थ्य, सरसफाई र कृषिका क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको सोर्स नेपाल डोटीका सुपरभाईजर हेम बम बताउँछन् बम भन्छन्– “महिला गर्भवति भईसकेपछी बच्चा २ वर्षको नहुन्जेल सम्म बच्चाको ८० प्रतिशत दिमागको बृद्धी विकास हुने भएकाले त्यतीबेला पोषण खानेकुरा अति आवश्यक हुन्छ त्यसलाई सहयोग पुग्ने हेतुले खानामा विशेष ध्यान, बानी ब्यवहार परिवर्तन र सरसफाईमा सुधार आवस भन्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेका छौं ।

सुनौलो हजार दिनका आमाहरुलाई सुआहाराका वास अधिकृत कृष्ण चापागाई तथा संचारकर्मिहरुको उपस्थितिमा दिसिनपा वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष बोहराले खानेपानी फिल्टर वितरण गरेका थिए ।

यस कार्यक्रम अन्र्तगत डोटी जिल्लाका किसानहरुलाई वीउ विजन वितरण, अगुवा कृषक, शिक्षक, स्वास्थ्यकर्मि, सुनौला हजार दिनका आमाहरुलाई तालिम लगायतका विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सन् २०१५ देखि सुरु भई मार्च २०२१ सम्म संचालन हुने सुआहारा कार्यक्रम डोटीमा दोस्रो चरण हो ।

प्रतिक्रिया दिनुहोस