१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्याडमिन्टन सेमिफाईनल समिकरण पुरा

अ+ अ-

काठमाडौं । नेपाल मदिरा ब्यवसायी महासंघको आयोजनामा भएको तेश्रो राजन स्मृती अन्तर मदिरा ब्याडमिन्टन च्याम्पियनसिपमा पुरुष एकल र जोडीको सेमिफाईनल समिकरण पुरा भएको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा पुरुष एकल तर्फ काठमाण्डौका पेम्बा शेर्पा, धादिङ्गका विदुर कडेल, दाङ्गका टिका जंग ओली र माउण्ट एभरेष्ट डिष्टिलरीका विनोद पौडेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।

जावलाखेल ग्रुप अफ ईन्ड्रष्टिजको उत्पादन रुस्लान भोड्काको मुख्य प्रायोजन रहेको प्रतियोगितामा पेम्बाले नुवाकोटका मनिष नगरकोटीबाट वाक ओभर पाए । यस्तै अर्को खेलमा विदुरले नेपालगंजका धनञ्जय खड्कालाई २१–१५ समान अन्तरले पराजित गर्दै सेमिमा स्थान पक्का गरे । अव उनले पेम्बासँग प्रतिस्पर्धा गर्ने छन् ।

दाङका टिकाजंग ओलीले ललितपुरका मोहित महर्जनलाई २१–११, २१–९ ले जित निकाल्दै माउण्ट एभरेष्टका विनोद पोडेलसँगको भेट पक्का गरे । पौडेलले राजविराजका सुनिल परियारलाई २१–१५, २१–१८ ले पाखा लगाए ।

बसुन्धारास्थित बुल्स जिममा भएको प्रतियोपिगताको पुरुष जोडी तर्फको खेलमा कास्कीका कुमार गुरुङ्ग र रबिचन्द्र होनाको जोडीले कञ्चनपुरका राहुल भट्ट र कृष्ण दत्त भट्टको जोडीलाई २१–११, २१–१४ले, कास्कीकै विरेन्द्र कुमार श्रेष्ठ र संजीव बहादुर कोईरालाको जोडीले सुनिल परियार र टिकाराम पन्थिीको जोडीलाई २१–८, २१–१७ले, दाङ्गका टिकाजंग ओली र सुनिल ओलीको जोडीले कास्कीका धिरज लम्साल र रितेश बहादुर थापाको जोडीलाई २१–११, २१–१८ ले र नेपालगंजका प्रकाश के.सी. र धनञ्जय खड्काको जोडीले काठमाण्डौका पेम्बा शेर्पा र पूmर्वा शेर्पाको जोडी माथी २१–१६, २१–११को जित निकाल्दै अन्तिमा चारमा स्थान बनाउन सफल भए ।

दुईदिने प्रतियोगिताको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ र प्रायोजक जावलाखेल ग्रुप अफ ईन्डष्ट्रिजका चिफ अफ मार्केटिङ्ग प्रविर कुमार नागले ब्याडमिन्टन खेलेर उद्घाटन गरेका थिए । प्रतियोगिताको फाईनल भोली अपरान्ह ०२:०० बजे हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस