१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काबुलमा शान्ति र सुुरक्षासम्बन्धी सम्मेलन सुरु

अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार अफगानिस्तानको शान्ति र सुरक्षासम्बन्धी ‘काबुल सम्मेलन’ सुरु भएको छ । उक्त सम्मेलनको शीर्षक शान्ति र सुरक्षा सहयोगका लागि काबुल प्रक्रिया दिइएको छ । सो सम्मेलनमा विश्वका २० भन्दा बढी देश तथा अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको छ । काबुलबाट प्राप्त समाचारमा यहाँको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जनाइएको छ । विभिन्न देशका नेताहरु यहाँ रहेकोले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उक्त सम्मेलनमा विशेषगरी अशान्त र युद्धका कारण आक्रान्त रहेको अफगानिस्तानमा शान्ति स्थापना, यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोगका बारेमा कुराकानी हुने जनाइएको छ । उक्त सम्मेलनमा अफगानिस्तानलाई सहयोग गर्दै आएका दाताराष्ट्र र संगठनहरु पनि सहभागी भएका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा भएको यो दोस्रो पटकको सम्मेलन हो । यहाँ सन् २०१७ को जनवरीमा पनि यस्तै सम्मेलन भएको थियो । जसले यहाँको विकास र सुरक्षाका लागि आवश्यक सहयोग जुटाइएको थियो ।

अफगानिस्तानका विदेशमन्त्री सलाहुद्दिन रब्बानीले उक्त सम्मेलनको उद्घाटनगर्दै अफगास्तिानमा शान्ति र सुरक्षाका लागि सघाउन विश्व समुदायलाई आग्रह गर्नुभयो । उहाँले अफगानिस्तानमा शान्ति र सुरक्षा स्थापना हुन सकेमा यसले यस क्षेत्रलाई मात्र नभएर विश्वलाई नै सघाउन पुग्ने धारणा पनि सो अवसरमा राख्नुभएको थियो ।

अफगानिस्तानमा करिब दुई दशकदेखि अमेरिकी सहयोगको सरकार छ भने तालिबानले हिंसात्मक युद्ध गर्दै आएका छन् । जसका कारण यहाँको सामाजिक अवस्था, अर्थतन्त्र तथा नागरिकको साधारण जीवनशैलीमा पनि नराम्रो प्रभाव पार्दै आएको छ । तालिबानको आक्रमणका कारण यहाँका हजारौँ नागरिकको ज्यान गएको छ भने सुरक्षा कारबाहीमा उनीहरु पनि प्रायः दैनिकजसो नै मारिने गरेका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस