१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप छनोटःनेपाल जिम्बाब्वेसँग पराजित

अ+ अ-

काठमाडौँ । आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग १६१ रनले रनले पराजित भएको छ ।

३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६४ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ३२, दिलिप नाथले दुई, कप्तान पारस खड्काले ४०, दिपेन्द्रसिंह ऐरीले २३, शरद भेषवाकरले ५२, अरिफ शेखले ५०, रोहित कुमारले ३०, सोमपाल कामीले ११, वसन्त रेग्मीले २ र सन्दिप लामिछानेले छ रन बनाएका थिए ।

यसअघि जिम्बाब्वेस्थित क्वीन्स स्पोर्टस् क्लबमा टस जितेर पहिले व्याटिङ रोजेको आयोजक जिम्बाब्वेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको योगफल बनाएको थियो ।

जिम्बाब्वेका लागि शिकन्दर राजा र ब्रेन्डन टेलरले शतक प्रहार गरे । शिकन्दरले सर्वाधिक १२३ रन जोडे भने ब्रेन्डन १०० रन जोड्दै आउट भए । त्यसैगरी, जिम्बाब्वेका सोलोमन मिरेले ५२ रन बनाए ।

त्यसैगरी, सेफास झुवाओले ४१, क्रेग एर्भिनले ३४ तथा ह्यामिल्टन मासाकाड्जाले १७ रन जोडे ।

नेपालका लागि वसन्त रेग्मीले दुई विकेट लिए भने सोमपाल कामी, ललितनारायण राजवंशी र सन्दिप लामिछानेले एक÷एक विकेट लिए ।

हारसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना झनै क्षीण हुँदै गएको छ । नेपालले अर्को खेल आगामी विहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस