१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चेपाङ गाउँमा निःशुल्क दन्त शिविर

अ+ अ-

मकवानपुर । जनचेतनाको अभावका कारण मुखको स्वास्थ्यमा ध्यान नपुग्दा विकट क्षेत्रका स्थानीयवासीमा दाँत र गिजासम्बन्धी विभिन्न रोग देखिने गरेको छ ।

नेपाल डेण्टल एशोसिएसनले गाउँगाउँमा गरेको दन्त शिविरका क्रममा यस्तो देखिएको एशोसिएसनका महासचिव डा. मनोज हुमागार्इंले बताए ।

उनका अनुसार मुख्यगरी बालबालिकामा दाँत किराले खाने र वृद्धवृद्धामा गिजाको रोग देखिने गरेको छ । तराईका बासिन्दामा भने क्यान्सरसमेत देखिने गरेको धुलिखेल अस्पतालमा कार्यरत एशोसिएसनका महासचिव डा. हुमागार्इंले बताए ।

ग्रामीण क्षेत्रमा जनचेतनाको अभाव रहेको र स्वास्थ्य संस्था जाने बानीसमेत नभएको पाइएको छ ।

विश्व मुख स्वास्थ्य दिवसको अवसर पारेर एशोसिएसनले चितवनका विभिन्न संघ संस्थाको सहकार्यमा आजदेखि मकवानपुरको विकट गाउँ राक्सीराङ गाउँपालिका– ६ सिलिङगेमा दुई दिने निःशुल्क दन्त शिविरसमेत आयोजना गरेको छ । यही चैत ६ गते परेको विश्व मुख स्वास्थ्य दिवसको अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत दन्तशिविर शुरु भएको हो । शिविरमा चेपाङ महिला र बालबालिकाको बाक्लो उपस्थिति रहेको छ ।

यसअघि काठमाडौँमा निःशुल्क दन्त परीक्षण, दाँतसम्बन्धी चेतनामूलक कार्यक्रम, टुँडिखेलमा जनचेतनामूलक कार्यक्रम र पत्रकार भेटघाट कार्यक्रम गरी सचेतना जगाउने काम गरेको जनाइएको छ ।

एशोसिएसनका अध्यक्ष तथा दाँत कीराले खाने रोग सम्बन्धीका विशेषज्ञ डा. सन्तोषमान राजभण्डारीले सरकारले दाँत स्वास्थ्यलाई प्राथमिकतामा नराखेकोमा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा निःशुल्क औषधि समेत वितरण गरिएको छ ।

शिविरमा दाँत निकाल्ने, कीरा निकालेर दाँत भर्ने, परामर्श दिने तथा गम्भीर रोग देखिएमा अस्पतालमा सिफारिस गरिने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस