९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनालाई स्रोतसाधन सम्पन्न बनाइने–प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई साधनस्रोत सम्पन्न बनाई सुदृढ एवं थप क्षमतावान् बनाउन सरकारले पूर्ण सहयोग गर्ने दृढता व्यक्त गरेका छन् ।

शुक्रबार जंगी अड्डाको निरीक्षण भ्रमणका क्रममा उनले विश्व शान्ति स्थापनार्थ नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका समयमा सिर्जना भएको असहज परिस्थितिमा समेत सेनाले पु¥याएको योगदानले नेपाली सेना जनतामाझ सम्मानित भएको उल्लेख गरे ।

राज्यमा आइपर्न सक्ने जस्तोसुकै चुनौतीलाई पनि सामना गर्नसक्ने गरी नेपाली सेना तयार रहनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले नेपाली सेनाले आफ्नो मूल्यमान्यतामा कायम रही कर्तव्य पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए । उनले नेपाली सेनाले विकास निर्माण, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षण जस्ता कार्यक्रमा पु¥याएको योगदानका लागि धन्यवादसमेत व्यक्त गरे ।

सो अवसरमा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षत्री, बलाधिकृत रथी पूर्णचन्द्र थापाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली सेनाका विभिन्न विभागका प्रमुखले वर्तमान वस्तुस्थितिको जानकारी गराउनुका साथै नेपाली सेनाको जिम्मेवारी, अपरेशन गतिविधि, आन्तरिक सुरक्षा, कल्याणकारी कार्य र नेपाली सेनाको संगठन तथा नीति नियमसम्बन्धी प्रस्तुतिकरण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, रक्षामन्त्रालयका सचिव, प्रधानमन्त्री कार्यालयका पदाधिकारीलगायत नेपाली सेनाका रथीबृन्द तथा अधिकृतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस