१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शनिबारदेखि विराट गोल्ड कप शुरु

अ+ अ-

विराटनगर । आउँदो शनिबारदेखि विराटनगरमा ऐतिहासिक ‘गोल्ड कप फुटबल प्रतियोगिता’को तयारी अन्तिम चरणमा पुगेको छ ।

मोफसलमा पहिलो पल्ट अपराह्न र राति हुने प्रतियोगिता शहीद मैदानमा यही चैत १७ देखि २६ गतेसम्म साँझ ६ बजेदेखि बेलुकी ८ बजेसम्म हुने भएको छ । शहीद रंगशालाको मैदानलाई प्रकाशमय बनाउने कार्य हुँदैछ । फलामको खम्बा महँगो पर्ने भएकाले सोको विकल्पमा बाँसका खम्बामा सौर्य ऊर्जा जडान गर्न भारतको कोलकाताका साथै विराटनगरका प्राविधिक निरन्तर रुपमा लागिरहेको विराट गोल्डकप आयोजक समितिका संयोजक नवीन रिजालले जानकारी दिए ।

प्रतियोगितामा नेपालसहित चार मुलुकका १० वटा टिमको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा काठमाडौँका मनाङ–मस्र्यादी, थ्रि–स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी, सशस्त्र प्रहरी टिमका साथै मोरङ र झापा –११ को टिम नेपालतर्फ बाट सहभागिता रहने छ ।

यसका साथै विदेशी टिममा भुटानको थिम्फु– ११, भारतको मोहम्मद स्पोर्टिङ क्लब, कोलकाता टिम र बंगलादेशको स्पोर्टिङ क्लब छन् । सो प्रतियोगितामा अनुमानित एक करोड खर्च हुने आयोजक समितिका संंयोजक रिजालले जानकारी दिए ।

सो प्रतियोगिताको विजेता टोलीलाई शिल्डसहित १२ लाख ७१ हजार तथा उपविजेता टोलीलाई पाँच लाख ५१ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसका साथै प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई १० हजार तथा ‘म्यान आफ दि सिरिज’ घोषित खेलाडीका लागि शिल्ड र मोटरसाइकलको पुरस्कार व्यवस्था गरिनेछ ।

त्यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, उत्कृष्ट व्यवस्थापक र फेयर प्ले टिमका लागि पनि पुरस्कार व्यवस्था गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस