१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एशियन कप छनोट फुटबलमा नेपाल पराजित

अ+ अ-

काठमाडौं । कतारमा मंगलबार राति सम्पन्न एशियन कप छनोट चरणको अन्तिम खेलमा नेपाल यमनसँग पराजित भएको छ ।

दोहास्थित स्पोर्टस् क्लब सुहेन विन हमाद रङ्गशालामा भएको खेलमा नेपाल यमनसँग २–१ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एशियन कप छनोटको यात्रा समाप्त भएको छ ।

जितसँगै समूह चरणमा दोस्रो हुँदै यमन सन् २०१९ मा संयुक्त अरब इमिरेट्समा हुने एएफसी एशियन कपका लागि छनोट भएको छ भने फिलिपिन्स समूहको शीर्ष स्थानमा रह्यो । त्यस्तै, समूह एफ मा रहेका नेपाल र ताजिकिस्तान प्रतियोगिताबाट बाहिरिए ।

प्रतियोगितामा छ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन भने दुई खेलमा मात्र बराबरी खेलेको थियो ।

यमनले खेलको ३४औँ मिनेटमा पहिलो अग्रता लिएको थियो भने नेपालका नवयुग श्रेष्ठले खेलको पहिलो हाफको अन्तिम समयमा एक गोल फर्काउँदै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर त्यो १–१ गोलको बराबरी लामो समयसम्म टिक्न सकेन ।

खेलको ८३औँ मिनेटसम्म रोकेको नेपालले अन्ततः खेलको ८४औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल खान पुग्यो । नेपाली टोलीका कप्तान विराज महर्जनले यमनका खेलाडीलाई डी बक्स एरियामा फल गरेपछि यमनले पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित ग¥यो । रासस

प्रतिक्रिया दिनुहोस