१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा सेवा सुविधा बढेपछि बिरामीको संख्यामा वृद्धि

अ+ अ-

डडेल्धुरा । उपक्षेत्रीय अस्पताल डडेल्धुराले आधुनिक मेशिनसहित फिजियो थेरापी सेवा विस्तार गरे सँगै डडेल्धुरा सहित ७ नं प्रदेशका पहाडी जिल्लाका बिरामीलाई थेरापी गर्नका लागि सहज भएको छ ।

प्रदेश नं ७ का पहाडी जिल्लालाई लक्षित गरी पहिलो पटक उपक्षेत्रीय अस्पताल डडेल्धुरामा फिजियो थेरापी सेवा विस्तार भएसँगै पहाडी जिल्ला डडेल्धुरासहित डोटी, बैैतडी, दार्चुला, बझाङबाट थेरापीका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

थेरापी गर्नाका लागि वृद्धदेखि युवायुवती पनि आउने गरेका छन् । आधुनिक मेशिन जडान गरी उपक्षेत्रीय अस्पताल डडेल्धुराले फिजियो थेरापी सेवा शुरु गरेपछि उपचारका लागि नेपालगन्ज वा भारत जानुपर्ने बाध्यता हटेको बिरामीको भनाइ रहेको छ ।

उपक्षेत्रीय अस्पतालले लेजर, अल्ट्रासाउण्ड, ट्याक्सन मेशिनबाट फिजियो थेरापी सेवा दिइरहेको छ । प्यारालाइसिस, नसा, ढाड र खुट्टाको समस्याका साथै बाथ रोगका बिरामीले सेवा लिइरहेकोे उपक्षेत्रीय अस्पताल डडेल्धुराकी फिजियो थेरापी अधिकृत डाक्टर सदीक्षा मुलेपतीले बताउनुभयो । सेवा सञ्चालन भएदेखि नै बिरामीको संख्या बढ्न थालेको छ ।

फिजियो थेरापी सेवा शुरु भए सँगै बिरामीमा चेतना जागेपछि थेरापी गराउन आउने बिरामीको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । थेरापीका बारेमा जानकारी नहुँदा र औषधि सेवनका कारण पहाडी जिल्लामा नसा, ढाड, हातखुट्टा दुख्ने, कम्मरको समस्या भएका बिरामीको संख्या धेरै रहेको चिकित्सकको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस