८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन र आर्थिक विकासका लागि शसक्त सुरक्षा व्यवस्था आवश्यक– गृह सचिव राई

अ+ अ-

काठमाडौं । नवनियुक्त गृह सचिव प्रेमकुमार राईले सुशासन र आर्थिक विकासको लागि सशक्त सुरक्षा व्यवस्था आवश्यक पर्ने भएकाले त्यसमा जुट्न मन्त्रालय मातहतका सम्पुर्ण गृह प्रशासन र प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

सोमवार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह प्रशासनका उच्चपदाधिकारी तथा तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिँदै गृह सचिव राईले कानुन उल्लंङ्घन गर्ने छुट कसैलाई नभएको र कानुनको पालना नगर्नेहरुलाई कानुनको दायरामा ल्याउनु पर्ने वताए ।

गृह सचिव राईले राजश्व चुहावट नियन्त्रणमा प्रहरी सुरक्षाकर्मीको ठूलो भूमिका रहने उल्लेख गर्दै निजामती र प्रहरी सुरक्षाकर्मीहरु इमान्दारीतापुर्वक आपसी समन्वय गर्दै जनतालाई प्रभावकारी सेवा र सुरक्षा दिन दत्तचित्तभएर लाग्नु पर्ने आवश्यकता औल्याए ।

सचिव राईले गृह प्रशासनको मुख्य उद्धेश्य नै शान्ति सुरक्षा कायम गर्नु, सेवाप्रवाह प्रभावकारी बनाउनु, सबै खालका सिण्डिकेट, कालोबजारी, कार्टेलिङ, तस्करी नियन्त्रण गर्नु तथा सबै खाले हत्याहिँसा रोक्नु रहेकोले त्यसका लागि कर्मचारी र सुरक्षाकर्मीहरु कम्मर कसेर कार्यक्षेत्रमा खट्नु पर्ने आवश्यकता औल्याए ।

उनले प्रधानमन्त्री र गृहमन्त्रीले ल्याएको सुशासन, भ्रष्टाचारमा शुन्य सहनशीलता र सेवाप्रवाहका योजनाहरुलाई पुरा गर्ने कार्यमा गृह प्रशासनले अग्रणी भुमिका खेल्नु पर्ने बताए ।

केहि समय अघि मात्रै गृहमन्त्री रामवहादुर थापाले गृह मन्त्रालयको ८२ बुँदे सुधार कार्ययोजना ल्याएका थिए । सचिव राईले मन्त्रीले ल्याएको सो कार्ययोजना पुरा गर्न कर्मचारीहरु र सुरक्षाकर्मीहरु दिनरात नभनी काममा खट्नु पर्ने अवस्था रहेको बताए । ‘गृह प्रशासन भनेको जनतासँग अत्यन्तै नजीक भएर कामगर्नु पर्ने निकाय हो, त्यसैले जनताको कामलाई सेवालाई केन्द्रविन्दुमा राखेर खट्नुहोस् ।’ गृह सचिव राईले भने ।

राइले अहिले कर्मचारीहरुबाट सम्पादन भइरहेको कार्यप्रति असन्तुष्टि व्यक्त गर्दै कामचोर प्रवृत्ति त्यागेर राष्ट्रिय हीत र स्वार्थमा केन्द्रित हुन समेत आग्रह गरे ।

गृह सचिव राईले दुइवटै प्रहरीको संघीय ऐन निर्माण, स्थानीय प्रशासन ऐनको संसोधन जस्ता कार्यहरु छिटो भन्दा छिटो अघि बढाउनु पर्ने अवस्था रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस