१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

अ+ अ-

काठमाडौं । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गरेको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, माध्यमिक र उच्चमाध्यमिक तहमा अध्ययनरत जेहेन्दार एवं प्रतिभाशाली विद्यार्थीलाई प्रदान गर्दै आएको छात्रवृत्तिअन्तर्गत छैटौँ वर्षको छात्रवृत्ति प्रदान कार्यक्रम आज सम्पन्न भयो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल, नेपालका लागि पाकिस्तानी राजदूत मजहर जाबेद र नेपाल–पाकिस्तान सांस्कृतिक तथा मैत्री संघका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्त रुपमा छात्रवृत्ति रकम प्रदान गरे । सोअनुसार काठमाडौं उपत्यकाका तीन जिल्लासहित ४० जिल्लाका सामुदायिक एवं केही निजी विद्यालयका २५० विद्यार्थीले जनही १० हजार पाएका छन् ।

दोलखा, ओखलढुंगा, रामेछाप, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुली, चितवन, लमजुङ, सोलुखुम्बु, पाल्पा, धादिङ, पर्वत, तनहुँ, स्याङ्जा, धनकुटा, सप्तरी, सर्लाही, सुर्खेत, बर्दिया, कैलाली, डडेल्धुरा, रुकुम दार्चुलालगायत जिल्लाका छात्रछात्रलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

त्यस अवसरमा सचिव बरालले नेपालमा मानव संसाधन विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानबाट निरन्तर सहायता प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चमा समान अवधारणा प्रस्तुत गर्दै आएका बताए ।

राजदूत जाबेदले पाकिस्तान–नेपाल सम्बन्धलाई थप प्रगाढ तुल्याउने महत्वपूर्ण माध्यमका रुपमा शैक्षिक उन्नयन एवं छात्रवृत्ति हो भन्दै सरकारी निर्णयअनुरुप आगामी वर्षदेखि छात्रवृत्ति सिट र संख्या शतप्रतिशतले वृद्धि गरिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस