१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयलाई एक करोड ३३ लाख सहयोग

अ+ अ-

म्याग्दी – रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविलाई प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा एक करोड ३३ लाख आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयको ५० औँ स्थापना दिवसको अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिका, साउदी, कतारका साथै पोखरा, काठमाडौंमा रहेका पूर्व विद्यार्थीले संकलन गरेको एक करोड ३३ लाख शनिबार उपलब्ध गराइएको हो ।

स्वर्ण जयन्तीको अवसरमा विद्यालयमा आयोजित कार्यक्रममा बेगखोला कल्याणकारी समाजका अध्यक्ष योगकुमार फगामीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामार्फत व्यवस्थापन समितिका अध्यक्ष नरसिङ पुनलाई सो रकम उपलब्ध गराए। विसं २०२५ मा औपचारिक रुपमा स्थापना भएको विद्यालयको भवन पुरानो र जीर्ण भएकाले सुविधा सम्पन्न भवन निर्माण र गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालित सहयोग संकलन अभियान जारी रहेको एनआरएनए बेलायतका अध्यक्षसमेत रहेका फगामीले बताए ।

स्वर्ण जयन्तीको अवसरमा मन्त्री थापाले विद्यालय भवनको शिलान्यास गरिन् । कक्षा कोठा, कम्प्युटर, प्रयोगशाला, पुस्तकालय, प्रशासनिक कक्षसहितको १५ कोठे भवन निर्माण गर्ने योजना रहेको छ । कक्षा १० सम्म पठनपाठन हुने विद्यालयमा हाल १७० जना विद्यार्थी अध्ययनरत रहेका प्र.अ. धनबहादुर फगामी (विनो) ले बताए । यसअघि विद्यालयमा कम्प्युटर कक्षा सञ्चालन, निजी स्रोतका शिक्षकलाई तलब, उत्कृष्ट शिक्षक, विद्यार्थीको प्रोत्साहनका लागि प्रवासीले रु ३२ लाखको अक्षयकोष स्थापना गरेका थिए । यसैगरी बेगखोला घर भई हाल बेलायतमा बस्दै आएका पदमबहादुर पुर्जाले नौ थान ल्यापटप सहयोग गरेका छन् । उनले यसअघि पाँच थान ल्यापटप उपलब्ध गराएका थिए ।

प्रवासमा रहेका बेगखोलावासीको अगुवाइमा चार वर्षअघि एक करोड २५ लाखको लागतमा बेगखोला बेग र तिप्ल्याङ बादुक सडक निर्माण भएको थियो । स्वर्ण जयन्तीको उद्घाटनपछि मन्त्री थापाले गाउँको विकासका लागि प्रवासमा रहेका बेगखोलावासीले उदाहरणीय काम गरेको बताए । स्वर्ण जयन्तीको अवसरमा चन्दादाता, पूर्व प्रध्यानाध्यापक र व्यवस्थापन समितिका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस