१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परियत्ति शिक्षा अध्ययनअध्यापन शुरु

अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा जिल्लामै पहिलो पटक सामुदायिक विद्यालयमा बौद्धदर्शनमा आधारित परियत्ति शिक्षा अध्ययन अध्यापन शुरु गरिएको छ ।

रामग्राम–१२ शान्तिचौरस्थित सरस्वती माविका विद्यार्थीका लागि परियत्ति शिक्षाको पाठ्यपुस्तक वितरण गरी बौद्धदर्शनमा आधारित परियत्ति शिक्षा पठनपाठन शुरु गरिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकरप्रसाद रायले जानकारी दिए ।

बुद्धको मावलीसमेत रहेको प्राचीन कोलीय राज्यको राजधानी रामग्रामका बासिन्दा नै बुद्धको जीवनी र शिक्षासँग परिचित नभएका अवस्थामा अहिले सरस्वती माविले परियत्ति शिक्षा लागू गरेर उदाहरणीय काम गरेको विद्यालयका प्रधानाध्यापक दयानन्द चौधरीले बताए । सरस्वती मावि परियत्ति शिक्षा नगरपालिकाको मात्रै पहिलो नभई जिल्लाकै पहिलो विद्यालय भएको जनाइएको छ ।

परियत्ति शिक्षाले बालबालिकामा नैतिक शिक्षा दिन, पञ्चशीलको आचरण गराउन र दैनिक व्यवहारमा समेत परिवर्तन ल्याउनमा सहयोग गर्ने जिल्ला समन्वय समितिका प्रमुख रायले बताए । कक्षा १ देखि शुरु भएको शिक्षा क्रमशः प्रत्येक वर्ष थपिँदै लगिने योजना छ । यसले गर्दा पछि बौद्धदर्शन अध्ययनका लागि सहयोगी हुने विद्यालयले जनाएको छ । अझ बुद्धको मावलीमात्रै नभई संसारको एकमात्र सिङ्गो आठ भागको एक भाग गौतमबुद्धको अष्ट धातु रहेको रामग्राम स्तूप यहीँ नै छ ।

नागरिक समाजका जिल्ला अध्यक्षसमेत रहेका विपश्यना साधक शम्भुप्रसाद उपाध्यायले परियत्ति शिक्षाबाट बालबालिकालाई बेलामै विपश्यनाको अभ्यास सिकाउनमा पनि मद्दत पुग्ने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस