१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामपाले विद्यालयहरुलाई शैक्षिक सामग्री दिने

अ+ अ-

काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापना भएलगत्तै कालीमाटीमा स्थापित सामुदायिक विद्यालय जनप्रभात माविले आज ६८ औं वार्षिकोत्सवका दिनदेखि सूचना प्रविधिसम्बन्धी कक्ष सञ्चालनमा ल्याएको छ ।

करीब १० लाखको लागतमा निर्मित कक्षको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गर्दै सरकारले सामुदायिक विद्यालयमा सञ्चालन गरेको भर्ना अभियानलाई सहयोग गर्ने उद्देश्यले महानगरभित्रका सबै सामुदायिक विद्यालयमा आवश्यकतानुसार शैक्षिक सामग्री उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष रामशरण डङ्गोलले वि.सं. २००८ मा स्थापित उक्त विद्यालयमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा पठनपाठन हुँदै आएको जानकारी दिँदै यस वर्ष १५० नयाँ विद्यार्थी भर्ना गरिएको र कक्षा १ देखि १२ सम्म करीब ६०० विद्यार्थी अध्ययनरत भएको बताए ।

प्रधानाध्यापक सतेन्द्रलाल कर्णले विद्यालयमा व्यावसायिक शिक्षा सञ्चालन गर्न विभिन्न दातृ संघसंस्थासँग पहल भइरहेको बताए । कामपा–१३ का वडा सदस्य रामबाबु कोइराला, शिक्षिका सम्झना ढकाल र पूर्वविद्यार्थी कृष्णराज गौतमले उत्पादनसँग शिक्षालाई जोड्ने नीति नभएका कारण देश विकासका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुन नसकेको बताउँदै सामुदायिक विद्यालयमा समयसापेक्ष पाठ्यक्रम विकास गर्नुपर्नेमा जोड दिए । सो अवसरमा कक्षा १० की छात्रा करिश्मा बस्नेतलाई ११ हजार पुरस्कारसहित उत्कृष्ट छात्रा पुरस्कार प्रदान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस