१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनाथ तीनजना बालकले पाए अभिभावकत्व

अ+ अ-

डडेल्धुरा । डडेल्धुरा भित्री मधेश क्षेत्रमा रहेका ६२ वटा सामुदायिक विद्यालयमध्ये परशुराम नगरपालिका–१२ जोगबुढामा रहेको सिद्धनाथ माध्यमिक विद्यालयले तीनजना अनाथ बालकलाई भर्ना गरेको जनाएको छ । तीनजना अनाथ बालकलाई विद्यालयमा भर्ना गरी अभिभावकत्वसमेत प्रदान गरिएको छ ।

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–८ पिल्लरी घर भएका पाँच वर्षीय अम्मर बोहरा बुबाको मृत्यु भई आमाले छोडेर गएपछि अभिभावकविहीन भएका थिए । अमरलाई स्थानीय विद्यालयमा भर्ना गरी राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले अभिभावकत्व प्रदान गरेको जनाए ।

सबै बालबालिकाले विद्यालयमा पढ्न पाउने बाल अधिकारको सुरक्षाका लागि आफूले अमरको जिम्मा लिई उच्च शिक्षासम्मको जिम्मा लिएको राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेहीले जानकारी गराए।

सोही विद्यालयमा भर्ना गरिएका अर्का असहाय छ वर्षीय वीरबहादुर बोहरालाई जोगबुढा स्रोत केन्द्रका स्रोत व्यक्ति भोजराज ऐरले पठनपाठनको जिम्मा लिए भने अर्का छ वर्षीय असहाय बालक सन्तोष बोहराको सोही विद्यालयका शिक्षक मानबहादुर बोहराले अभिभावकत्व दिएको जोगबुढा स्रोत केन्द्रका स्रोतव्यक्ति भोजराज ऐरले जानकारी गराए ।

वैशाख २ गतेदेखि शुरु गरिएको भर्ना अभियान अन्तर्गत नगरका बस्तीमा गई अनाथ, टुहुरा, असहाय, आपाङ्गता भएका विद्यार्थीको खोजी गरी विद्यालयमा भर्ना गरिएको छ । विद्यालय बाहिर रहेका अनाथ बालबालिकालाई समेत भर्ना गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले जानकारी गराए ।

उनीहरुको कक्षा १२ सम्म अध्ययन गर्ने सहज वातावरणका लागि अभिभावकसमेत खोजी अभिभावकत्व प्रदानसमेत गरेको त्रिवेणी बहुमुखी क्याम्पसका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलबहादुर साउदले बताए ।

उनीहरुले ती बालकको उच्च शिक्षा अध्ययनसम्म अभिभावकको भूमिका निर्वाह गर्ने जनाएका छन् । आफ्नै उमेरका अन्य बालबालिकासँग विद्यालयमा भर्ना हुन पाउँदा अनाथ तीनजना बालक खुशी भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस