६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवस्थित बन्दै सिंहदरवारको पार्किङ

अ+ अ-

काठमाडौं । सिंहदरवार परिसरको सवारी व्यवस्थापनका लागि बिहीबार आधा दर्जनभन्दा बढी ट्राफिक प्रहरी खटाइएको छ ।

प्रशासन डट कमको निरन्तर खबरदारीपछि सिंहदरवार परिसरभित्रको ट्राफिक व्यवस्थापनमा प्रशासन तथा ट्राफिक प्रहरीले चासो दिएको हो ।

गत चैत २८ गते प्रशासन डट कमले सिंहदरवारको अव्यवस्थित पार्किङबारे शासकहरूको पार्किङ शैली समाचार प्रकाशनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरवार क्षेत्रका सबै निकायलाई पार्किङ व्यवस्थित गर्न निर्देशन दिएको थियो । तर, त्यसपछि पनि पार्किङ व्यवस्थित हुन सकेको थिएन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सिंहदरवार परिसरभित्र सवारी पार्किङ व्यवस्थित गर्न आधा दर्जनभन्दा बढी प्रहरी खटाइएको छ । उनीहरूले सबैभन्दा बढी सडक पेटीमा पार्किङ गर्ने स्थानमा कार्यालय समयभित्र नियमित ड्युटी गर्नेछन् र पार्किङ लेखिएको स्थानमा सवारी पार्किङ गर्न लगाउने छन् ।

यससँगै सिंहदरवारको स्वरूप नै बदलिएको छ । अव्यवस्थित र भद्रगोल सिंहदरबार अब व्यवस्थित र सभ्य देखिएको छ ।

ट्राफिक प्रहरी नै खटिँदासमेत केही मन्त्रालयले अझै अटेरी गरेका छन् । सिंहदरबारभित्रका करिब ७० प्रतिशत कार्यालयले सडक तथा आँगनमा गर्दै आएको पार्किङलाई व्यवस्थित गरेपछि ३० प्रतिशत जतिमा भने अझै आँगन तथा सडक पेटीमै सवारी पार्किङ गरिएको देखियो ।

यसरी आँगनमै सवारी पार्किङ गर्नेमा भौतिक पूर्वाधार, उर्जा, जलस्रोत तथा सिँचाइ र युवा तथा खेलकुद र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय रहेका छन् ।  ती मन्त्रालयहरूबाट ट्राफिक प्रहरीले पटकपटक प्रयास गरे पनि चालकले अटेरी गरेको देखियो ।

स्थायी समाधान नखोजिउन्जेलसम्मका लागि असइको नेतृत्वमा खटिएको छ जना ट्राफिक प्रहरीको टोलीले व्यवस्थापनमा सघाउने छन् ।

सिंहदरबारभित्र सवारी पार्किङका लागि पूर्वाधार निर्माण गर्नुपर्ने देखिएकोले चरणबद्धरुपमा व्यवस्थित गर्दै लैजाने योजना बनाएको महाशाखाका डिएसपी मुकुन्द मरासैनिले बताए ।

कुन कुन मन्त्रालयमा कति गाडीहरु रहेका छन् र क कसको गाडि कहाँ राख्ने भन्नेबारे हामीले अध्ययनसमेत गरिसकेका छौं–डिएसपी मरासैनिले भने ।

सुशासन कायम गर्नका लागि सुधार गर्नुपर्ने धेरै पक्षहरूमध्ये एउटा महत्वपूर्ण र मुहानमै रहेको सिंहदरबारभित्रको सवारी पार्किङका लागि प्रधानमन्त्री कार्यालयले देखाएको तदारुकता, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सिंहदरबार प्रहरी गणलगायत सम्पूर्ण मन्त्रालय तथा सवारी प्रयोगकर्ता र चालक सबै धन्यवादका पात्र छन् ।

प्रतिक्रिया दिनुहोस