१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौं विश्वविद्यालयको अनलाइन कक्षा शुरु पर्वतका दुई विद्यालयमा

अ+ अ-

पर्वत । काठमाडौं विश्वविद्यालयले पर्वत जिल्लाका दुई विद्यालयमा अनलाइन कक्षा शुरु गर्ने भएको छ ।

जिल्लाको आदर्श अंग्रेजी माध्यामिक विद्यालय र भवानी विद्यापीठ माविमा अनलाइन मास्टर डिग्री कक्षा सेन्टर स्थापना गर्ने भएको हो । काठमाडौं युनिभर्सिटीको स्कूल अफ एजुकेशनले अनलाइन मास्टर डिग्री कार्यक्रममा आदर्श र भवानी विद्यापीठ विद्यालयलाई सेन्टर स्थापना गर्न सम्झौता गरेको हो ।

कार्यक्रम काठमाडौं विश्वविद्यालयको स्कूल अफ एजुकेशन संकायअन्तर्गत लिडरसिप म्यानेजमेन्ट र म्याथमेटिक्स इन एजुकेशन आगामी शैक्षिक सत्रबाट सञ्चालन हुनेछन् । शुक्रबार र शनिबार काठमाडौं विश्वविद्यालयको आयोजना तथा भवानी विद्यापीठ र आदर्श माविको संयोजनमा पर्वत र बाग्लुङ जिल्लाका विभिन्न विद्यालयका शिक्षक तथा प्रअहरुका लागि भवानी विद्यापीठ माविमा र आदर्श माविमा आयोजित दुईदिने स्कूल लिडरसिप तालीम कार्यक्रमको अवसरमा भवानी विद्यापीठ मावि, आदर्श मावि र काठमाडौं विश्वविद्यालयबीच सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्यक्रममा विद्यालयको गुणस्तर वृद्धि गर्न प्रधानाध्यापकको भूमिकाका बारेमा तालीममा सहभागी शिक्षकलाई काठमाडौै विश्वविद्यालयका प्रा. डा. वासुप्रसाद सुवेदी र डा. धनपति सुवेदीले प्रशिक्षण दिएका थिए । सामुदायिक विद्यालयमा शैक्षिक सुधार अभियन्ता भवानी विद्यापीठ विद्यालयका पूर्वअध्यक्ष भोलनाथ शर्मा, आदर्श मावि कुस्माका प्रधानाध्यापक हिमबहादुर पौडेलले यो अवसरलाई जनशक्ति उत्पादन र शैक्षिक सुधारका लागि प्रयोग हुने विश्वास व्यक्त गरे ।

पहिलो दिनको अभिमुखीकरणमा फलेवास र बाग्लुङका विद्यालयका प्रअ तथा शिक्षकहरु गरी ४७ जना शिक्षकको सहभागिता रहेको थियो भने दोस्रो दिन आदर्श माविमा भएको तालीममा कुस्मासहित बाग्लुङका ३५ प्रअ र शिक्षक–शिक्षिकाको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस