१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यार्थी अभावमा विद्यालय बन्द

अ+ अ-

रुकुम । नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना हुन नआएपछि सदरमुकाम मुसीकोट नगरपालिकाको एउटा विद्यालय बन्द भएको छ । नगरपालिका वडा नं ४, कोटचौताराको भगवती आधारभूत विद्यालय विद्यार्थी अभावमा बन्द भएको हो ।

शैक्षिकसत्र शुरु भएको एक सातासम्म विद्यालय खुला गरिएको थियो । तर एकजना विद्यार्थी पनि भर्ना हुन आएन । यो गाउँका विद्यार्थी नजिकैको विद्यालयमा भर्ना हुन जाने र यहाँ भर्ना हुन नआएपछि यहाँको विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।

यहाँका विद्यार्थी मुसीकोट नगरपालिका वडा नं ५, सेरीगाउँमा रहेको यमुना नन्द माध्यमिक विद्यालयमा भर्ना हुने गरेका छन् । यहाँबाट सेरीगाउँ आउन आधा घण्टाभन्दा कम समय लाग्ने गरेको छ । यहाँको पढाइ गुणस्तरीय नहुँदा विगत वर्षहरुमा पनि विद्यार्थी कम हुने गरेको स्थानीयवासीको भनाइ छ ।

यो विद्यालयको समायोजन हुने हल्लाले यहाँका विद्यार्थी छिमेकी विद्यालयमा भर्ना हुन गएका यहाँकी शिक्षिका यमुना चन्दले जानकारी दिइन् । उनका अनुसार बालविकास केन्द्रमा पाँचजना मात्र बालबालिका भर्ना भएका छन् । विद्यालय बन्द भएपछि उनीहरु विद्यालय आउन सकेका छैनन् ।

नगरपालिकामा वैशाख २ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गरिएको थियो । वैशाख महिनाभरि विद्यार्थी भर्ना गर्न सकिने मुसिकोट नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ । भर्ना अभियानसमेत प्रभावकारी नहुँदा यहाँका विद्यार्थी अन्य विद्यालयमा गएको बताइएको छ ।

यो विद्यालय २०५२ सालमा स्थापना गरिएको थियो । यहाँ बालविकासदेखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको थियो । विद्यालयमा प्राथमिक तहका स्थायी दरबन्दी तीन, बालविकास केन्द्रका लागि एक र कार्यालय सहयोगी एकजना कार्यरत छन् ।

यहाँ नगर शिक्षा समितिले समेत अनुगमन गर्दा विद्यालय बन्द थियो । विगतमा नक्साङ्कन नगरी धमाधम विद्यालय सञ्चालन गर्दा यस्तो समस्या आएको नगर शिक्षा समितिका शाखा अधिकृत विनाराम खड्काले जानकारी दिए । उनका अनुसार विद्यालय सञ्चालन गर्दा नक्साङ्कन जरुरी छ । यस विद्यालयलाई समायोजन प्रक्रियामा लिने नगर शिक्षा समितिका शाखा अधिकृत खड्काको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस