१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै १० लाख ठगीए सिरहाका रामसोभित महतो

अ+ अ-

लहान । एमबिबीएसमा छोरीको नाम निकालिदिने भन्दै रामसोभित महतोले आफूसँग १० लाख ठगी गरेको सिरहाको सुखीपुर–८ निवासी सन्तोषी महतोले गुनासो गरेकी छन् ।

सिरहाकै औरही गाउँपालिका–२ तुलसीपुर निवासी रामसोभित महतोले छोरीको नाम एमबिबीएसमा निकालिदिने भन्दै गत भदौ २५ गते पाँच लाख र भदौ २७ गते पाँच लाख गरी १० लाख रकम लिएको पीडित रामेश्वर महतोका पत्नि सन्तोषी महतोको दुखेसो छ ।

सन्तोषी महतोले आइतबार साँझ लहानमा पत्रकार सम्मेलन गरि छोरी निलमको केयूबाट नाम निकाल्ने आफ्नो जिम्मेवारी हो भन्दै रामसोभित महतोले आफूसँग दुई पटकमा १० लाख लिएको आरोप लगाए ।

जेनतेन व्यवस्था गरेर रामसोभितलाई १० लाख दिए सन्तोषीले भने– ‘तर, छोरीको नाम निस्किएन, ‘पैसा फिर्ता माग गर्दा रामसोभितले आइओएम र त्यसपछि पाटनबाट नाम निकाल्ने भनेका थिए ।’ कहीँकतैबाट नाम नकालिदिएपछि रामसोभित यतिबेला सम्पर्कविहीन भएको सन्तोषीको भनाइ छ । रामसोभित पीडित रामेश्वर महतोका आफ्नै जेठा दाजु रामनारायण महतोका ज्वाइँ हुन् ।

रामसोभित महतो सिरहा छाडेर हाल काठमाडौं महानगरपालिका–९ गौशालास्थित रासविता टुर्स एण्ड ट्राभल्स कार्यालय सञ्चालन गर्दै आएका छन् । रामसोभितले लिएको रकम फिर्ता गराई दिन प्रहरी प्रशासनदेखि गाउँपालिकासम्म धाए तर अहिलेसम्म कुनै उपलब्धि हासिल नभएको रामेश्वर महतोको गुनासो छ ।

न्यायका लागि कानूनी उपचार गर्न खोज्दा रामसोभितले कानूनी प्रक्रियामा नजानु भन्दै आफूहरूलाई पटकपटक धम्की दिँदै आएको सन्तोषी र उनका पति रामेश्वरले दुखेसो सुनाए । रासस

प्रतिक्रिया दिनुहोस